default_image

2 years ago

November 8, 2023

नवलपुर बागलुङ कप टि २० को सेमिफाइनलमा

709 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

नवलपुर बागलुङमा जारी प्रदेशस्तरीय ‘बागलुङ कप’ टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को खेलमा कास्की विजयी भएको छ । बाङ्गेचौर खेल मैदानमा नवलपुरले तनहुँलाई ५५ रनले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

बुधबारको दोस्रो खेलमा तनहुँलाई ५५ रनले हराउँदै नवलपुरले सेमिफाइनलमा पुग्न सफल भएको हो । समूह चरणको दोस्रो खेलमा २ सय १२ रनको लक्ष्य पछ्याएको तनहुँ १७.५ ओभरमा १ सय ५६ रनमा अलआउट भएको थियो ।

तनहुँ दिनेश बुढा मगरले ४५ बलमा ९७ रन बनाएका थिए । उनले १० चौका र ८ चक्का प्रहार गरे । आनन्द सुनारले १२ र चन्द्रकान्त पौडेलले १० रन थपे । नवलपुरका कप्तान कमल परियारले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सुदिप अर्यालले २ र सागर डोटेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले रविन शर्मा र सुदिप अर्यालको अर्धशतकको मद्दतमा २ सय ११ रनको विशाल योगफल बनाएको थियो । रविनले ५९ रन र सुदिपले ५२ रनको इनिङ खेलेका थिए । टोलीका लागि प्रनिश अर्यालले १७ बलमा २५ रन बनाए ।

तनहुँका सन्दिप पराजुलीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । दिनेश बुढा मगरले २ र चन्द्रकान्त पौडेलले १ विकेट लिए । हारसँगै तनहुँ प्रतियोगिताबाट बाहिरिएको छ । तनहुँ मंगलबार स्याङ्जासँग पराजित भएको थियो । नवलपुरको जितले स्याङ्जा पनि सेमिफाइनलमा पुगेको छ ।

त्यसअघि दिनको पहिलो खेलमा कास्कीले पर्वत ४ विकेटले हरायो । जितको लागि १ सय १ रनको लक्ष्य पछ्याएको कास्कीले १६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कास्कीको जितमा कप्तान विपिन खत्रीले २२ बलमा २५ रनमा नटआउट रहे । नेपाली यू १९ राष्ट्रिय क्रिकेट टोलीका सुवास भण्डारी १३ रनमा नटआउट रहे ।

पर्वतको लागि विनोद नेपालीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट र कप्तान अमृत्त गुरुङले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । टस जितेर पहिला ब्याटिङ रोजेको पर्वतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रन बनाएको थियो ।

पर्वतको लागि कप्तान अमृत्तले ४३ बलमा नटआउट ५८ रन बनाए । अमृत्त प्रतियोगितामा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बने । खेलको म्यान अफ दि म्याच कास्कीका सुवास ले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

प्रतियोगितामा बिहिबार पहिलो खेलमा समूह ए का कास्की र आयोजक बागलुङ तथा दोस्रो खेल समूह बिका नवलपुर र स्याङ्जाबीच प्रतिस्पर्धा हुने आयोजक बागलुङ जिल्ला क्रिकेट संघका सदस्य एवं मिडियाा फोकलपर्सन अभिषेक कटुवालले जानकारी दिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.