2 years ago
November 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीका दुई स्टार खेलाडी रुविना क्षेत्री बेलबासे र सीता रानामगर आज हङकङतर्फ प्रस्थान गरेका छन् । हङकङ क्रिकेट बोर्डले आयोजना गर्ने डिएलए पिपेर वुमन्स अल स्टार्स टि२० सिरिज खेल्न त्यसतर्फ लागेका हुन् ।

यी दुई खेलाडी आज बिहान ११ बजे हङकङतर्फ प्रस्थान गरेका हुन् । हङकङका स्टार खेलाडीले खेल्ने उक्त सिरिजमा रुविना र सीता दुई फरक टोलीबाट खेल्नेछन् ।
रुविनाले बौहिनिया स्टार्स र सीताले जेड जेट्सबाट खेल्नेछन् । यस सिरिजमा नेपालका दुई र जापानकी शिजुका मियाजी गरि तीन विदेशी खेलाडी मात्रै छन् । अन्य सबै हङकङका खेलाडी रहेका छन् । शिजुका सीताको टोलीबाट खेल्नेछन् ।
दुई टोलीबीच तीन महिला टि२० आई सिरिज हुनेछ । खेल शुक्रबार देखी आइतबार सम्म हुनेछ । उक्त सिरिजपछि यी दुई खेलाडी हङकङमा नेपाली टोलीसँग जोडिनेछन् ।
नेपाल, हङकङ, जापान र तान्जानियाबीच महिला टि२० आई सिरिज हुँदैछ । उक्त सिरिज बुधबार देखी सुरु हुनेछ । नेपाली टोली सोमबार वा मंगलबार हङकङ जानेछ । नेपालले आफ्नो अन्तिम टोली घाोषणा गर्न बाँकी छ ।
चार देशबीचको महिला टि२० आई सिरिज सिंगल राउन्ड रोविनको आधारमा हुनेछ । नेपालले पहिलो खेल नोभेम्बर १५ मा तान्जानियासँग खेल्नेछ । नेपालले दोस्रो खेल १६ नोभेम्बरमा घरेलु टोली हङकङसँग खेल्नेछ । नेपालले १८ नोभेम्बरमा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको लागि १९ नोभेम्बरमा खेल हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]