default_image

2 years ago

November 18, 2023

विश्व कप फाइनल –भारत र अष्ट्रेलिया २ दशकपछि एकअर्काको सामना गर्दै

1268 views

0 Bookmark

एजेन्सी – आयोजक भारत र अष्ट्रेलिया आइसिसी विश्व कप क्रिकेट उपाधिका लागि आइतबार भिड्दैछन् । यसपटक भारतको फाइनल सम्मको यात्रा अष्ट्रेलियाको तुलनामा निकै सहज रहेको थियो । अष्ट्रेलियाले भने लिग राउन्डदेखि नै संघर्ष गर्दै अघि बढेको हो ।

भारत शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्दा अष्ट्रेलिया भने तेस्रो स्थानमा रहेर अघि बढेको थियो । सेमिफाइनलमा भारतले न्यूजिल्यान्डलाई सहजै हराउँदा अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि जित निकाल्न संघर्ष गर्नुपरेको थियो ।

विश्व कप क्रिकेटमा अष्ट्रेलिया सर्वाधिक सफल टोली हो । यसअघिका १२ संस्करण आयोजना हुँदा अष्ट्रेलियाले ५ पटक जितेको छ । भारत र वेष्ट इन्डिजले समान २ तथा पाकिस्तान, श्रीलंका र इग्ल्यान्डले समान १ पटक जितेका छन् ।

आइतबारको फाइनल भारतको चौथो र अष्ट्रेलियाको आठौं हो । पछिल्लो पटक यि दुई टोलीबीच सन् २००३ को फाइनल खेल भएको थियो । त्यसपछि का विश्व कपमा भारत २०११ र अष्ट्रेलिया २०१५ को विजेता टोली हो ।

भारत र अष्ट्रेलियाबीच आइतबार अहदाबादमा नरेन्द्र मोदी रंगशालामा हुने फाइनल हुनुअघि दुई दशकको फाइनललाई स्वभाविक रुपमा स्मरण गरिन्छ । त्यति बेला भारत सौरभ गांगुली र अष्ट्रेलिया रिकी पोन्टिङको कप्तानीमा उत्रेको थियो ।

फाइनलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पोटिङको एक सय ४० रनको मद्दतमा ३ सय ५९ रन बनाएको थियो । त्यो खेलमा जवाफी ब्याटिङमा उत्रेको भारतले पहिलो ओभरमै सचिन तेक्दुल्करलाई गुमाएको थियो ।

वीरेन्द्र सेहवागले ८१ र अहिलेका प्रशिक्षक राहुल द्रभिडले ४७ रन बनाएपनि भारतले १ सय २५ रनको हार बेहोरेको थियो । दुई दशकपछि यि दुई टोलीबीचको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ । यसपटकको लिगमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.