2 years ago
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक जगत टमाटाले टोली घोषणा गरेका हुन् । विश्वकप छनोट र प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक टोलीमा छैनन् ।
राष्ट्रिय टोलीका अलराउन्डर गुलशन झासँगै स्पिनर तिलकराज भण्डारी र बायाँ हाते ब्याटर विपिन रावल टोलीमा आएका छन् । तिलकले यसअघि बागमती र विपिनले कर्णालीको सिनियर टोलीबाट खेलिसकेका छन् । टोलीको कप्तानमा देव खनाल नै नियमित छन् ।
नेपालले एसीसी यू-१९ प्रिमियर कपको विजेताको हैसियतले एसिया कप खेल्दैछ । प्रतियोगिता डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुँदैछ । सुरुवातमा पाकिस्तानमा हुने भनिएपनि एसीसीले अन्तिम समयमा प्रतियोगितालाई यूएईमा सारेको हो ।
नेपाल रहेको समूह ए अफगानिस्तान, भारत र पाकिस्तान । समूह बीमा बंगलादेश, श्रीलंका र जापान रहेका छन् ।
नेपालको अन्तिम टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]