default_image

2 years ago

November 29, 2023

अव कहिँले खेल्छ नेपालले अन्तर्राष्ट्रिय खेल ?

8131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै ब्यस्त रह्यो । आइसिसी विश्वकप लिग २, एसिसी प्रिमियर कप, आइसिसी विश्वकप छनोट, आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट र सिरिजहरुले नेपाली टोलीलाई निकै ब्यस्त बनाएको थियो ।

नेपालले पछिल्लो पटक आइसिसी टि२० विश्वकप एसिया छनोटको फाइनलमा नोभेम्बर २ मा टियु क्रिकेट मैदानमा ओमानसँग खेलेको थियो । उक्त टि२० विश्वकप छनोटपछि नेपालको अन्तर्राष्ट्रिय खेलहरु खेलेको छैन । तत्काल हुनेपनि छैनन् ।

नेपालले डिसेम्बरमा पनि अन्तर्राष्ट्रिय खेलहरु खेल्ने छैन । नेपालले अव २०२४ लागेपछि मात्रै खेल्ने तालिका छ । नेपालले अव सिरिजसँगै आइसिसी विश्वकप, टि२० विश्वकप तयारी र टि२० विश्वकप खेल्नेछ ।

अव जनवरीमा सिरिजको सम्भावना

नेपालले अव जनवरीमा सिरिज खेल्ने सम्भावना छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार जनवरीमा सिरिज खेल्ने सम्भावना छ । तर कुन टोलीसँग खेल्ने पक्का भने भएको छैन । सबै टोलीको तालिका मिलेपछि मात्रै पक्का हुने पारस बताउँछन् ।

नेपालले सिरिजको लागि केहि टोलीसँग छलफल गरेकोको बुझिएको छ । जसमा टेस्ट टोली जिम्बावेको पनि चर्चाछ । नेपालले अव खेल्ने पहिलो अन्तर्राष्ट्रिय खेल पनि २०२४ को जनवरीमा हुनेछ । नेपालले कम्तिमा एक टोलीसँग सिरिज खेल्ने पक्का रहेको क्यानले जनाएको छ ।

आइसिसी लिग-२ फेब्रुअरीमा

नेपालले फेब्रुअरी दोस्रो साता आइसिसीको लिग २ खेल घरेलु मैदानमा खेल्नेछ । फेब्रुअरीमा लिग २ को खेल हुने भएपनि कुन कुन टोलीसँग खेल्ने पक्का हुन बाँकी रहेको पारसले बताएका छन् ।

फेब्रुअरी दोस्रो साता नेपाल, नेदरल्यान्ड्स र नामिबियाले खेल्ने चर्चाछ । तर आइसिसीले २०२४ देखी २०२७ सम्म हुने लिग–२ को रोडम्याप सार्वजनिक गरेको छैन ।

यस पटक देखी नेदरल्यान्ड्सले पनि लिग २ नै खेल्नेछ । लिग–२ मा नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । लिग २ मा नेदरल्यान्ड्स नेपाल आउने सम्भावना छ । नेदरल्यान्ड्ससँग लिग २ का खेलपछि नेपालले टि२० आई सिरिज खेल्ने तयारी पनि गरेको छ ।

जनवरीमा प्रधानमन्त्री कप

नेपालको प्रमुख घरेलु प्रतियोगिता प्रधानमन्त्री कप आगामी जनवरीमा हुने पारसले जनाएका छन् । प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टोलीहरुबीच सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ । पहिलो पटक सिंगल राउन्ड रोविनको आधारमा हुनेछ ।

जुनमा टि२० विश्वकप

टि२० विश्वकप आगमी जुन ४ देखी ३० सम्म अमेरिका र वेस्टइन्डिजमा हुनेछ । नेपालसहित कुल २० टोलीले उक्त विश्वकप खेल्नेछन् । २० टोलीलाई चार समूहमा विभाजन गर्नेछ । विश्वकपअघि नेपालले टि२० आई सिरिज र वार्मअपहरु खेल्नेछ । तर कुन टोली, कहाँ र कहिँले खेल्ने पक्का भने भएको छैन ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.