2 years ago
November 30, 2023
एजेन्सी – युगान्डाले टेस्ट टोली जिम्बावेलाई पछि पार्दै आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा पुगेको छ । नामिबियामा जारी आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुई रहँदै २०२४ मा टि२० विश्वकप खेल्ने पक्का भएको हो ।

युगान्डा सिनियर स्तरको प्रतियोगितामा पहिलो पटक विश्वकपमा पुगेको हो । यू१९ टोलीले तीन पटक विश्वकप खेलेपनि सिनियर टोलीले खेल्न सकेको थिएन । जितको लागि ६६ रनको विजयी लक्ष्य युगान्डाले ८.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
अफ्रिका छनोटबाट एक खेल अगावमै लगातार ५ जितका साथ नामिबिया विश्वकपमा पुगेको थियो । युगान्डा ६ खेलमा ५ मा जितका साथ १० अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप खेल्यो । उता जिम्बावेले अन्तिम खेल केन्यासँग खेलि राखेको छ । उक्त खेलमा जिम्बावे विजयी हुँदा मात्रै ८ अंक हुनेछ । त्यसैको कारण युगान्डा विश्वकपमा पुगेको हो ।
जिम्बावे नामिबिया र युगान्डासँग पराजित भएको थियो । यी दुई हार जिम्बावेलाई भारी परेका हुन् । योसँगै आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा जुनमा हुने टि२० विश्वकप खेल्ने सबै २० टोलीको टुङ्गो लागेको छ ।
२०२४ को विश्वकप खेल्ने २० टोली :
अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]