2 years ago
December 3, 2023
चितवन(हाम्रो खेलकुद) – चितवनमा जारी बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा काठमाडौं र ललितपुर फाइनलमा प्रवेश गरेका छन् । समूह चरणका खेलबाट अंक तालिको शीर्ष दुईमा रहँदै काठमाडौं र ललितपुरले उपाधि भिडन्त पक्का गरेका हुन् ।

समूह चरणमा तीनै खेल जितेको काठमाडौं ६ अंकसहित शिर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । उता तीन खेलमा दुई जित निकालेको ललितपुर समूह उपविजेताको रुपमा फाइनलमा स्थान बनाउन सफल भयो । एक खेल जितेको भक्तपुर तेस्रो हुँदै समूह चरणबाटै बाहिरिदा चितवन अंकबिहिन भयो ।
प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा काठमाडौंले चितवनलाई पराजित गर्दै समूह विजेता बन्यो । भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा भएको खेलमा काठमाडौंले चितवनविरुद्ध १०६ रनको विशाल जित हात पार्यो ।
काठमाडौंले दिएको १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको चितवन २० ओभरमा ६ विकेटको क्षतिमा ३८ रनमै समेटियो । चितवनका लागि हेलिशा गुरुङले १० बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् । काठमाडौंकी बिपाशा शाहीले २ तथा प्रकृति पोख्रेल र अश्मिना कर्माचार्यले १(१ विकेट हात पारिन् ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । काठमाडौंका लागि अस्मिता खरेलले ३७ तथा यसोदा बिष्टले २२ रन जोडिन् । करिश्मा गुरुङ २९ रनमा नटआउट रहिन् । चितवनकी लक्ष्मीमाया रुम्बा, सलिना सिलवाल र खिमकुमारी लामाले १(१ विकेट लिईन् । काठमाडौंकी अस्मिता खरेल प्लेयर अफ दि म्याच भईन् ।
आजकै दोस्रो खेलमा ललितपुरले भक्तपुरलाई ६ विकेटले पाखा लगायो । भक्तपुरले दिएको ५४ रनको लक्ष्य ललितपुरले ७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सोनी पाख्रिनले १९ बलमा नटआउट २२ रन बनाईन् । भक्तपुरकी पूजा साउदले २ विकेट लिईन् ।
त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको भक्तपुरले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर ५३ रन मात्रै बनाउन सक्यो । उसका लागि अनुशा रोकाले १० बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । भक्तपुरलाई सस्तैमा समेट्न सोनी पाख्रिन र यशु पाण्डेले समान २(२ विकेट लिईन् । १९ बलमा नटआउट २२ रन र २ विकेट लिएकी सोनी प्लेयर अफ दि म्याच भईन् । उपाधि भिडन्त सोमबार हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]