default_image

2 years ago

December 4, 2023

‘यू-१९ एसिया कप टेस्ट टोलीलाई हराउने ठूलो अवसर हो’ -गुलशन

2670 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा अलराउन्डर गुलशन झाले यू-१९ एसिया कपमा टेस्ट टोलीलाई हराउने ठूलो अवसर रहेको बताएका छन् । यू–१९ एसिया कपको तयारीमा रहेका गुलशनले सोमबार टियुमा अभ्यास गर्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।

‘यू-१९ खेलाडीहरुसँग आएर खेल्दा एकदमै खुसी लागेको छ । एसिया कपमा टेस्ट नेशनलाई हराउने ठूलो अवसर हो । त्यहाँ गएर राम्रो क्रिकेट खेल्ने छौं’, गुलशनले भने ।

नेपाली युवा टोली बुधबार यू-१९ एसिया कप खेल्न युएई जानेछ । युएईमा हुने एसिया कपमा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान एकै समूहमा छन् ।

समूह बी मा बंगलादेश, श्रीलंका, जापान र युएई छन् । डिसेम्बर ८ देखी १७ सम्म दुबईमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपालले ८ डिसेम्बरमा पाकिस्तान, १० डिसेम्बरमा अफगानिस्तान र १२ डिसेम्बरमा भारतसँग खेल्नेछ ।

गुलशनले एसिया कपमा सिनियर टोलीबाट भारत र पाकिस्ताानविरुद्ध खेलेका थिए । उनले यू१९ मा पनि खेल्ने छन् । गुलशन राम्रो क्रिकेट खेल्नु पर्ने बताउँछन् ।

‘हामी सिनियर टोलीबाट त्यहाँ गएर राम्रो क्रिकेट खेल्यौं । हामी आफ्नो शतप्रतिशत दिएर खेलहरु जिताउन खोज्नेछौं । सबैले कडा मिहिनेत गरि राखेका छन् । त्यहाँ गएर राम्रो गर्नेमा सबै जना आत्माविश्वासी पनि छन्’, उनले भने ।

‘हामीले २०१७ को एसिया कपमा भारतलाई हराएका थियौं । विश्वकपमा न्युजिल्यान्ड जस्ता देशलाई हराएका छौं । आफ्नो उत्कृष्ट क्रिकेट खेलेर सकरात्मक नतिजा लिएर आउँछौं’, गुलशनले भने ।

यू१९ एसिया कपपछि नेपालले विश्वकप दक्षिण अफ्रिकामा गएर खेल्नेछ । गुलशनले यू१९ विश्वकप पनि खेल्नेछन् । सिनियर टोलीबाट २०२४ जुनमा टि२० विश्वकप पनि खेल्नेछन् ।

‘एकदमै ठूलो अवसर हो । यू–१९ विश्वकपमा गएर आफ्नो क्षमता देखाउने मलाई अवसर हो । दुबै विश्वकपमा गएर राम्रो गरौंला’, उनले भने ।

‘हाम्रो लक्ष्य त्यहाँ गएर उत्कृष्ट क्रिकेट खेल्ने हुनेछ । नतिजा हाम्रो हातमा हुँदैन । आफ्नो हातमा हुने प्रयास शतप्रतिशत दिएर खेल्ने छौं । भारत र पाकिस्तानलाई हराउन कडा मिहिनेत गरेका छन् । हामी सबैले योजनामा राम्रो काम गरेका छौं । राम्रो नतिजा आउँला’, उनले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.