2 years ago
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर विवेक यादवकी बहिनी साक्षीले सप्तरी जिल्ला छनोटमा सानदार ब्याटिङका साथ अलराउन्ड प्रदर्शन गरेकी छिन् । प्रधानमन्त्री कप अन्तर्गत मधेश प्रदेशको लागि सप्तरी जिल्ला छनोटमा साक्षीले अर्धशतकीय इनिङ खेलेकी खेल्नुको साथै एक विकेट लिएकी हुन् ।

१४ वर्षीय साक्षीले राजबिराज च्याम्पियन्सबाट खडक क्विनविरुद्ध ४६ बलमा ११ चौकासहित ५९ रनको आक्रामक अविजित इनिङ खेलेकी थिइन् । टस जितेर ब्याटिङ रोजेको राजविराजले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेकी उनले ३८ बलमा अर्धशतक पूरा गरेकी थिइन् ।
पहिलो पटक जिल्ला छनोट खेल्दै उनले अर्धशतक इनिङ खेलेकी हुन् । ओपनर निल्शु चौधरी ३१ र साक्षी देव २५ रनमा आउट भइन् । खडकले खेलमा ४५ एक्स्ट्रा दिएको थियो । जसमा ५ नो बल, ३२ वाइड, ५ बाइ र ३ लेग वाई सामेल थियो । खडककी आरती कुमारी रामले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिइन् ।
जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको खडक क्विन २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । खडककी अन्जली चौधरीले सर्वाधिक १२ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर रविना चौधरी १, चाँदनी ठाकुर २, रमिला मण्डल ५ र सोनिया मण्डल ७ रन बनाए । राजविराजले खेलमा ४६ रन एक्स्ट्रा दिएको थियो । जसमा ४ नो बल, २८ वाइड, १२ बाइ र २ लेग बाइमा रन दिएको थियो ।

राजविराजको जितमा दीपा रामले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै आकृति मण्डलले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिइन् । मध्यम गतिमा बलिङ गर्दै साक्षी यादवले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिइन् ।
साक्षीले क्रिकेट खेल्न थालेको एक वर्ष जति भएको विवेकले हाम्रो खेलकुदलाई बताए । सप्तरी जिल्ला छनोटको लागि राजविराज, खडक क्विन र सुरुगां सुर्विवाल्स त्रिकोणात्मक सिरिजको आयोजना गरिएको छ ।
यी तीन टोलीबीच एक अर्कामा प्रतिस्पर्धा गराएपछि सप्तरीले प्रदेश छनोट खेल्ने टोली घोषणा गर्नेछ । मधेश प्रदेश छनोट मंसिर २२ देखी २६ सम्म चल्नेछ । समूह ए मा सप्तरी, रौतहट र महोत्तरी छन् । समूह बी मा बारा, सर्लाही र सिराह छन् ।
प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुष १ देखी काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको प्रतिस्पर्धा गर्नेछन् । प्रधानमन्त्री कप महिला यो पटक देखी लिगमा हुने सम्भावना छ । क्यानले प्रधानमन्त्री कप पुरुष १० टोलीबीच लिगमा गर्ने घोषणा गरेको छ । त्यसैको कारण महिला क्रिकेट पनि लिगमा हुने सम्भावना धेरैछ ।
विवेकको पूरा क्रिकेट जीवनी पढ्नुहोस् : भलिबल खेलाडीका क्रिकेटर छोरा
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]