default_image

2 years ago

December 6, 2023

ब्याटरले क्रिकेट बल हातले समाएपछि…

3007 views

0 Bookmark

एजेन्सी – क्रिकेटमा समय समयमा रोचक घटनाहरु घट्ने गर्दछन् । ढाकामा जारी बंगलादेश र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट खेलको क्रममा एक रोचक घटना घटेकोछ । ढाकामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले कमजोर ब्याटिङ गरेको छ ।

त्यसैक्रममा मध्यक्रमका प्रमुख ब्याटर मुश्फिकुर रहिम बल समाउन खोज्दा आउट हुन पुगेका छन् । तीव्र गतिका बलर काइल जेमिसनको ४१ औं ओभरको चौथो बलमा उक्त घटना घटेको हो ।

जेमिसनको लेन्थ बल रहिमले स्ट्रोक गरेका थिए । तर उक्त बल ब्याटले रोकेसँगै लगत्तै उनले हातले समाएर फालेका थिए । वाइड र स्टम्पबीचमा रहेको उक्त बल रहिमले हातले रोक्दै फाल्न पुगेका थिए । रहिम स्टम्प माथि रहेको अनुमान गर्दै बल हातले रोकेर न्युजिल्यान्डका फिल्डरलाई दिन खोजेका थिए । तर जेमिसनले आउटको अपिल गरेका थिए ।

अम्पायरले रिभ्युमा हेर्दै उनलाई आउट दिएका थिए । अम्पायरले बल ह्यान्डलिङको रुपमा उनलाई आउट दिएका हुन् । टेस्ट क्रिकेट इतिहासमा बल ह्यान्डलिङको रुपमा आउट हुने उनी सातौं खेलाडी हुन् । क्रिकेटको नियम अनुसार कुनैपनि ब्याटरले बल हातले रोक्न पाउँदैन । ब्याटले भने रोक्न पाउछन् ।

रहिम ८३ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । दोस्रो सेसन चलि रहँदा बंगलादेश १५४–९ को अवस्थामा छ । शाहदत हुसेन ३१, मेहेदी हसन मिराज २० र महमुदुल हसन जोय १४ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डका मिचेल सान्टनार र ग्लेन फिलिप्सले ३–३ विकेट लिए । अजाज पटेलले २ विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा बंगलादेश १–० ले अघि छ । बंगलादेश पहिलो खेलमा न्युजिल्यान्डलाई १ सय ५० रनले हराएको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.