12 months ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग टस जितेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।
आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।
नेपालले हारेपनि पहिलो खेलमा युवा ब्याटर उत्तमथापा मगरले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । दीपेश कँडेलले २९ रन जोडेका थिए । नेपालका प्रमुख ब्याटर देव खनाल शून्य र गुलशन झा १ रनमा आउट भएका थिए । देव र गुलशन सिनियर टोलीबाट खेलि सकेका खेलाडी हुन् । गुलशनले पछिल्लो एक वर्षदेखी नेपाली टोलीबाट निरन्तर खेलेका छन् ।
यी दुई खेलाडीबाट आजको खेलमा नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । ओपनर अर्जुन कुमालले २१ रन बनाउँदै राम्रो सम्भावना देखाएका थिए । अर्जुनको भूमिका एक एन्डबाट विकेट बचाएर ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।
भारतविरुद्ध ४३ रन बनाएका जम्शिद जद्रान, अक्रम मोहम्मदजाई र विकेटकिपर नुमान शाह अघा प्रमुख ब्याटर हुन् । बसिर अहमद अफगान वाहिदुल्लाह जद्रान र खलिल अहमद प्रमुख बलर हुन् ।
नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले २०१५ देखी २०१८ सम्म अफगानिस्तानसँग ५ खेल खेलेको थियो । पाँचैं खेलमा नेपाली युवा टोली पराजित भएको थियो । पछिल्लो समय अफगानिस्तान नेपालमाथि हाबी हुँदै आएको छ । नेपालले दशकपछि अफगानिस्तानलाई हराउन सकेको छैन ।
नेपालको प्लेइङ ११ :
देव खनाल(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, दीपक बोहरा, सुभाष भण्डारी, उत्तम थापा मगर, विपिन रावल (विकेटकिपर), हेमन्त धामी र आकाश चन्द ।
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो । मंगलवारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो । पोखराका […]
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को सुरुवात टिमले चाहे अनुसारको हुन नसकेको विराटनगरका कप्तान सन्दीप लामिछानेले बताएका छन् । सिद्धार्थ बैंक एनपिएलमा सुरुवाती दुई खेलमा लगातार पराजित पछि कुराकानी गर्दै आफु लगायतको प्रदर्शन सोचेको जस्तो आउन नसकेको कप्तान सन्दीपले बताए । ‘टोलीमा म लगायतबाट जुन आशा रहेको थियो । त्यस अनुसारको प्रदर्शन देखाउन सकेका […]
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मंगलवारको दोस्रो खेलमा चितवनले पोखरालाई १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार […]