default_image

2 years ago

December 15, 2023

सूर्यको कीर्तिमानी शतक र कुलदीपको घातक बलिङमा भारतको सानदार जित

6141 views

0 Bookmark

एजेन्सी – कप्तान सूर्यकुमार यादवको विश्व कीर्तिमानी शतक र स्पिनर कुलदीप यादवको घातक बलिङको सहयोगमा भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको सानदार जित हात पारेको छ । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

जितको लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३.५ ओभरमा ९५ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका डेविड मिलरले २५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । एडेन माक्ररम १४ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका कुलदीप यादवले २.५ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो । भारतका सूर्यकुमार यादवले ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय रनमा अविजित रहे । सूर्यको यो टि२० आई क्रिकेटमा चौथो शतक हो । उनले टि२० आईमा सर्वाधिक शतकको कीर्तिमान रोहित शर्मा र ग्लेन म्याक्सवेलसँग बराबर गरेका छन् ।

यशस्वी जैसवाल ४१ बलमा ६ चौका र ३ छक्कासहित ६० र रिंकु सिंह १४ रनमा आउट भए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाका केशव महाराज र लिजार्ड विलियम्सले समान दुई विकेट लिए ।

पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो । अव यी दुई देशबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो ओडिआई आइतबार हुनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.