default_image

2 years ago

December 15, 2023

सूर्यको कीर्तिमानी शतक र कुलदीपको घातक बलिङमा भारतको सानदार जित

6144 views

0 Bookmark

एजेन्सी – कप्तान सूर्यकुमार यादवको विश्व कीर्तिमानी शतक र स्पिनर कुलदीप यादवको घातक बलिङको सहयोगमा भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको सानदार जित हात पारेको छ । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

जितको लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३.५ ओभरमा ९५ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका डेविड मिलरले २५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । एडेन माक्ररम १४ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका कुलदीप यादवले २.५ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो । भारतका सूर्यकुमार यादवले ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय रनमा अविजित रहे । सूर्यको यो टि२० आई क्रिकेटमा चौथो शतक हो । उनले टि२० आईमा सर्वाधिक शतकको कीर्तिमान रोहित शर्मा र ग्लेन म्याक्सवेलसँग बराबर गरेका छन् ।

यशस्वी जैसवाल ४१ बलमा ६ चौका र ३ छक्कासहित ६० र रिंकु सिंह १४ रनमा आउट भए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाका केशव महाराज र लिजार्ड विलियम्सले समान दुई विकेट लिए ।

पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो । अव यी दुई देशबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो ओडिआई आइतबार हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.