2 years ago
December 17, 2023
एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा खराब ब्याटिङ गर्दै भारतलाई १ सय १७ रनको सामान्य लक्ष्य दिएको छ । जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७.३ ओभरमा १ सय १६ रनमा अल आउट भयो ।
दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवायो ४९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए । टोनी डी जोर्जी २२ बलमा २ चौका र २ छक्कासहित २८ तथा एडेन माक्ररम १२ रनमा आउट भए । भारतको घातक बलिङ सामु दक्षिण अफ्रिकाका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्यका तीन खेलाडी शून्यमा आउट भए ।
ओपनर रिजा हेन्ड्रिक्स, रास्सी भान डर डुसेन र विवान मुल्डेर शून्यमा आउट भए । डेविड मिलर २ रनमा आउट भएका थिए ।
भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले १० ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए । आवेश खानले ८ ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिए । खेल तीन ओडिआई सिरिजको हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]