default_image

2 years ago

December 17, 2023

दक्षिण अफ्रिका १ सय १६ रनमा अल आउट

1087 views

0 Bookmark

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा खराब ब्याटिङ गर्दै भारतलाई १ सय १७ रनको सामान्य लक्ष्य दिएको छ । जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७.३ ओभरमा १ सय १६ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवायो ४९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए । टोनी डी जोर्जी २२ बलमा २ चौका र २ छक्कासहित २८ तथा एडेन माक्ररम १२ रनमा आउट भए । भारतको घातक बलिङ सामु दक्षिण अफ्रिकाका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्यका तीन खेलाडी शून्यमा आउट भए ।

ओपनर रिजा हेन्ड्रिक्स, रास्सी भान डर डुसेन र विवान मुल्डेर शून्यमा आउट भए । डेविड मिलर २ रनमा आउट भएका थिए ।
भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले १० ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए । आवेश खानले ८ ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिए । खेल तीन ओडिआई सिरिजको हुनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.