2 years ago
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान तथा सर्वाधिक अनुभवी अलराउन्डर ऋतु कनौजियाले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको कप्तानी गर्ने भएकी छिन् । सुदूरपश्चिमबाट सानदार अलराउन्ड प्रदर्शन गर्दै आएकी ४२ वर्षीय ऋतु पुन कप्तानीमा फर्किएकी हुन् ।

यसअघिको विन्दु रावलको कप्तानीमा सुदूरपश्चिमले घरेलु क्रिकेट खेलेको थियो । सुदूरको टोलीमा ईश्वरी विष्ट, विन्दु रावल, सम्झना खड्का र रुवि पोदार जस्ता पछिल्लो समय नेपाली महिला टोलीबाट खेलेका खेलाडी छन् ।
तीव्र गतिकी बलर कविता कुँवर भने दुई महिना अघि एपेन्डिक्सको शल्यक्रियाको कारण खेल्ने छैनिन् । प्रतियोगिता पुष ५ गते देखी टियु र मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।
पहिलोे पटक प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । सात प्रदेश र नेपाल एपिएफ क्लबले सबैले एक अर्कासँग खेल्ने अवसर पाउनेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । सुदूरले मुलपानी मैदानमा नेपाल एपिएफ क्लबसँग खेल्दै सुरुवात गर्नेछ ।
सुदुरपश्चिमको टोली :
ऋतु कनौजिया (कप्तान), विन्दु रावल, कविता जोशी, सम्झना खड्का, सोभा रोकाया, अनु कठायत, सावित्री धामी, लक्ष्मी साउद, मनिषा चौधरी, राधिका पुजारा, रेवती धामी, ईश्वरी विष्ट, जानकी थापा र रुवि पोदार ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]