2 years ago
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने बलियो टोली घोषणा गरेको छ । सीताराना मगरको कप्तानीमा एपिएफले बलियो टोली घोषणा गरेको हो ।

एपिएफले प्रधानमन्त्री कप अघि बागमती प्रदेशसँग तीन खेलको सिरिज खेलेको थियो । उक्त तीन खेलको सिरिजमा क्लिनस्विप गरेको थियो । युवा ब्याटर राजमती ऐरी, नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, सीता, रोमा थापा र ज्योति पाण्डे जस्ता ब्याटर हुँदा टोली मजबुत छ ।
प्रतियोगिता पुष ५ गते देखी टियु र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलोे पटक प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । सात प्रदेश र नेपाल एपिएफ क्लबले सबैले एक अर्कासँग खेल्ने अवसर पाउनेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मुलपानी मैदानमा पुष मा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशसँग खेल्दै सुरुवात गर्नेछ ।
एपिएफको टोली :
सीताराना मगर (कप्तान), इन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, बिनुबाढा मगर, सोनु खड्का, रेखा रावल, ममता चौधरी, रोमा थापा, नेरी थापा, राजमति ऐरी, मञ्जु बोकटी, ज्योति पाण्डे र सुमन विष्ट ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]