2 years ago
December 19, 2023
एजेन्सी – भारतीय तीव्र गतिका बलर हर्षल पटेल इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा ११ करोड ७५ लाख भारु(झन्डै १९ करोड नेपाली रुपैयाँ) मा पन्जाब किंग्स पुगेका छन् ।

न्यूनतम मूल्य २ करोड राखेका थिए । उनलाई किन्न अक्सनमा गुजरात र पन्जाब किंग्सबीच प्रतिस्पर्धा भएको थियो । ११ करोडमा आएर गुजरातले मूल्य लगाएको थियो । गुजरातले १० करोड ५० लाख भारुमा छाडेको थियो ।
हर्षलले यसअघि बेंगलोरबाट आइपिएल खेल्दै आएका थिए । उनले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्नुको साथै तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।
सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई आइपिएल इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ ।
प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो । तर हैदराबाद त्यसपछि अक्सनमा आएको थियो । हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन । हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको हो ।
यो आइपिएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै गतवर्ष क्यामरन ग्रीनलाई मुम्बईले गतवर्ष १७ करोड ५० लाख भारुमा किनेको थियो । कमिन्सलाई २०२० मा कोलकाताले १५ करोड ५० लाख भारुमा किनेको थियो ।
हालसम्म ब्रिकी भएका अन्य खेलाडीहरु
अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख न्यूनतम मूल्यमा किनेको छ ।
चेन्नई सुपर किंग्सले न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ५० लाख भारु र भारतीय अलराउन्डर शार्दुल ठाकुरलाई ४ करोड भारुमा किनेको छ ।
मुम्बई इन्डियन्सले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोट्जीलाई ५ करोड भारुमा किनेको छ ।
वानिन्दु हसरंगा न्यूनतम १ करोड ५० लाख भारु हैदराबाद पुगेका छन् । ट्रविस हेड ६ करोड ८० लाख भारुमा सनराइजर्स हैदराबाद पुगेका छन् । वेस्ट इन्डिजका आक्रामक ब्याटर रोभम्यान पावेललाई राजस्थान रोयल्सले ७ करोड ४० लाख भारुमा किनेको छ । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक ४ करोड भारुमा दिल्ली पुगेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]