default_image

5 months ago

December 19, 2023

हर्षल १९ करोडमा पन्जाब पुगे

666 views

0 Bookmark

एजेन्सी – भारतीय तीव्र गतिका बलर हर्षल पटेल इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा ११ करोड ७५ लाख भारु(झन्डै १९ करोड नेपाली रुपैयाँ) मा पन्जाब किंग्स पुगेका छन् ।

न्यूनतम मूल्य २ करोड राखेका थिए । उनलाई किन्न अक्सनमा गुजरात र पन्जाब किंग्सबीच प्रतिस्पर्धा भएको थियो । ११ करोडमा आएर गुजरातले मूल्य लगाएको थियो । गुजरातले १० करोड ५० लाख भारुमा छाडेको थियो ।

हर्षलले यसअघि बेंगलोरबाट आइपिएल खेल्दै आएका थिए । उनले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्नुको साथै तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।

सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई आइपिएल इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ ।

प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो । तर हैदराबाद त्यसपछि अक्सनमा आएको थियो । हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन । हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको हो ।

यो आइपिएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै गतवर्ष क्यामरन ग्रीनलाई मुम्बईले गतवर्ष १७ करोड ५० लाख भारुमा किनेको थियो । कमिन्सलाई २०२० मा कोलकाताले १५ करोड ५० लाख भारुमा किनेको थियो ।

हालसम्म ब्रिकी भएका अन्य खेलाडीहरु

अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख न्यूनतम मूल्यमा किनेको छ ।
चेन्नई सुपर किंग्सले न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ५० लाख भारु र भारतीय अलराउन्डर शार्दुल ठाकुरलाई ४ करोड भारुमा किनेको छ ।

मुम्बई इन्डियन्सले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोट्जीलाई ५ करोड भारुमा किनेको छ ।

वानिन्दु हसरंगा न्यूनतम १ करोड ५० लाख भारु हैदराबाद पुगेका छन् । ट्रविस हेड ६ करोड ८० लाख भारुमा सनराइजर्स हैदराबाद पुगेका छन् । वेस्ट इन्डिजका आक्रामक ब्याटर रोभम्यान पावेललाई राजस्थान रोयल्सले ७ करोड ४० लाख भारुमा किनेको छ । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक ४ करोड भारुमा दिल्ली पुगेका छन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.