2 years ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसकी पूर्व संसद दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछ । प्रतियोगितामा सात वटै प्रदेशबाट गरी १०० बढी यू १९ महिला खेलाडीको सहभागीता रहने महासचिव सुवोध प्रधानले बताए । प्रतियोगिता माघको १५ गतेदेखि २७ गते सम्म आयोजना हुने छ ।
सन् २०२४ मा नेपालमा हुन गईरहेको विश्वकपको एसिया कप छनोटलाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने लोकतान्त्रिक खेलकुद संघले विश्वास लिएको छ ।
मैया देवी को हुन् ?
समाजसेवी एवं पूर्व सांसद मैयादेवीको जन्म वि.स. १९८७ असोजको फूलपातीका दिन तनहूँको बन्दीपुरमा भएको थियो । उनी १ महिनाको हुँदा बाबु आमासँगै चितवन आएकी थिइन् ।
वीरगञ्जमा डिठ्ठा रहेका उनका वुवा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरबाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किएकी मैयादेवीले आमा र बावुकै प्रेरणाले केही सम्पत्ति सामाजिक कार्यमा लगाइन् । नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान दिएर दार्जलिङ्गदेखि शिक्षक बोलाएर उनले पठन पाठन शुरु गराएकी थिइन् ।
२०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनीत राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद रहेको मैयादेवीले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान गरेकी थिइन् । त्यहाँ अहिले नेपाली कांग्रेसकै भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय कार्यालय रहेको छ ।
यसैगरी भरतपुरमा मैयादेवी कन्याकलेज स्थापनाका लागि करोडौँ रुपैयाँ खर्च गरेकी थिइन् । गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान गरेकी थिइन् । नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान गरेकी उनले लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि जग्गा दिएकी थिइन् । पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश संन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई उनले जग्गा दान गरेकी थिइन् ।
श्रेष्ठ २००३ सालदेखि कांग्रेसमा लागेकी उनले धेरैलाई जग्गा दान गरेकी थिइन् भने २०७२ सालमा मैयादेवी ट्रष्ट खोलेकी थिइन् । उनको २०७९ कार्तिक ५ गते भरतपुरमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]