2 years ago
December 22, 2023
एजेन्सी – सन्जु स्यामसनको शतक र अर्शदीप सिंहको उत्कृष्ट बलिङमा भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै उपाधि जितेको छ । योसँगै तीन खेलको ओडिआई सिरिज भारतले २-१ ले जितेको छ ।

जितको लागि २ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २ सय १८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जी ८७ बलमा ६ चौका र ३ छक्कासहित ८१ रनमा आउट भए ।
उनी अर्शदीप सिंहको बलमा एलबीडब्लू आउट भएपछि लगातार दोस्रो शतक हान्न चुकेका थिए । जोर्जी आउट हुँदा दक्षिण अफ्रिका २९.४ ओभरमा १६१-४ को अवस्थामा दक्षिण अफ्रिका थियो । मध्यक्रम र तल्लोक्रम नचल्दा पराजित भएको हो ।
कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए ।
भारतका अर्शदीप सिंहले ९ ओभरमा १ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिए । तीन खेलका १० विकेट लिँदै अर्शदीप प्लेयर अफ द सिरिज चुनिए । आवेश खान र वासिन्टन सुन्दरले २–२ विकेट लिए । अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिए ।

त्यसअघि पार्लमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो । भारतको जितमा सञ्जु स्यामसनले १ सय १४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक पनि थियो ।खेलमा सन्जु नै प्लेयर अफ द म्याच चुनिए ।
तिलक बर्मा ७७ बलमा ५ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए ।
तल्लोक्रममा रिंकु सिंहले २७ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको योगदान दिए । दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले ९ ओभरमा ६३ रन खर्चेर ३ विकेट लिए ।
नान्द्रे बर्गरले दुई, लिजाड विलियम्स, विवान मुल्डर र केशव महाराजले १–१ विकेट लिए । यसअघि तीन खेलको टि२० सिरिज १-१ को बराबरीमा सकिएको थियो । अव दुई खेलको टेस्ट सिरिज हुनेछ । पहिलो टेस्ट २६ डिसेम्बर देखी सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]