2 years ago
December 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ६० रनले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितसँगै कोशीले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेश २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनायो । मधेशको लागि साना प्रविनले ४१ बलमा ३ चौकासहित सर्वाधिक २७ रन बनाइन् । आरति महतोले २० बलमा ४ चौकासहित १८ रन बनाइन् । मधेशका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर पुजा महतो ३, एलिसा यादव ४, सरस्वती कुमारी चौधरी ७, अनुराधा चौधरी र प्रतिमा शाहले २(२ रन बनाइन् । कोशीको लागि तीव्र गतिकी बलर सबनम राइले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिइन् । एलिसा खडियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र संगिता राइले १(१ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो ।
कोशीको जितमा कप्तान रुविना क्षेत्रीले ६४ बलमा ९ चौकासहित सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेलेकी थिइन् । ओपनर काजोल श्रेष्ठलाई तीव्र गतिका बलर पुजा महतोले पहिलो ओभरको तेस्रो बलमै शून्यमा एलबीडब्लू आउट गरेकी थिइन् ।

दोस्रो विकेटका लागि काजोल र रुविनाले १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । अप्सरी सरस्वती कुमारी चौधरीले १९ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेल्ने धुनमा डिप मिडविकेटमा साक्षी यादवबाट क्याच आउट भइन् । अप्सरीले ४१ बलमा ७ चौकासहित ३९ रन जोडेकी थिइन् ।
सबनम राई ८ बलमा २ चौकासहित १६, लखिता राजवंशी ६ र नमिता श्रेष्ठले २ रन बनाएका थिए । मधेशकी मिना महतोले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । पुजा महतो र सरस्वती चौधरीले १(१ विकेट लिइन् ।
कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेट र बागमती प्रदेशलाई ८ विकेटले हराएको थियो । अव सोमबार कोशीले एपिएफसँग खेल्नेछ । मधेशको भने लगातार तेस्रो हार हो । मधेश बागमती प्रदेशसँग २८ र एपिएफसँग १० विकेटले पराजित भएको थियो । मधेशले सोमबार गण्डकीसँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]