9 years ago
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकालाई विश्व कप क्रिकेटको उपाधि जिताएका डेभ वाटमोरले दुई साता नेपाली क्रिकेट खेलाडीसँग बिताउने भएका छन्।

बल एन्ड ब्याड फाउन्डेसनको उद्घाटनका लागि सोमबार राजधानी आइपुगेका वाटमोरले १५ दिन नेपाली खेलाडीलाई प्रशिक्षण दिइने बताइएको छ । नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको दाबी गरिएको छ । नेपाल क्रिकेट प्लेयर्स एसोसियसनसँगको सहकार्यमा ३२ नेपाली क्रिकेट खेलाडीलाई वाटमोरले प्रशिक्षण दिनेछन् ।
फाउन्डेसनको उद्घाटन कार्यक्रममा वाटमोरले नेपाली खेलाडीहरूको प्रतिभा निखार्न आफुले प्रयास गर्ने बताएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले वाटमोर जस्ता विश्वका उत्कृष्ट प्रशिक्षकसँग प्रशिक्षण लिन पाउँनु खुसीको विषय भएको र मौकाको अधिकत्तम उपयोग गर्नु पर्ने बताएका छन् ।
नेपाली टोली आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि केन्याविरुद्धको तयारीमा जुटेको छ । वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९८६ को विश्वकप जितेको थियो । श्रीलंकामा जन्मेका उनी सन् १९६२ मा अस्ट्रेलिया गएका थिए । उनले अस्ट्रलियाबाट टेस्ट र एकदिवसीयका केही खेल खेलेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]