default_image

2 years ago

December 30, 2023

कर्णाली २१ रनमा अल आउट

2024 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशसँग २१ रनमा अल आउट भएको छ । मधेश ७८ रनको जितका साथ प्रतियोगितामा पाँचौं स्थानमा अन्त्य गरेको छ ।

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको कर्णाली ९.४ ओभरमा २१ रनमा अल आउट भयो । कर्णालीको लागि बिना थापाले १८ बलमा १ चौकासहित सर्वाधिक १२ रन बनाइन् । कर्णालीका ९ खेलाडी शून्यमा आउट भए । किरण कुँवर १४ बलमा १ चौकासहित ६ रनमा आउट भइन् ।

किरण र बिना बाहेक अन्य कुनैपनि कर्णालीका खेलाडीले खाता खोल्न सकेनन् । मधेशकी पुजा महतोले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन् । आरती महतोले दुई र कविता गौतमले एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै ९९ रन बनाएको थियो । मधेशकी पुजा महतोले ५० बलमा ६ चौकासहित सर्वाधिक ४९ रन बनाइन् । सरस्वती कुमारी चौधरीले ४१ बलमा १ चौकासहित १८ रन बनाइन् ।

कर्णालीको तृर्सना विश्वकर्माले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिइन् । अन्जु गुरुङ र विना थापाले १–१ विकेट लिइन् । कर्णाली ७ खेलमा जित विहीन हुँदै बाहिरियो ।

मधेश ७ खेलमा ३ मा जित र ४ मा हारसहित पााँचौं स्थानमा रहेर बाहिरियो । पहिलो क्वालिफायरमा आइतबार कोशी र एपिएफ भिड्नेछन् । एलिमिनेटरमा सुदूर र बागमतीबीच आइतबार खेल हुनेछ । दुबै खेल टियुमा हुनेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा पुग्न एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.