default_image

2 years ago

January 3, 2024

भारत र दक्षिण अफ्रिकाबीचको खेलमा पहिलो दिन नै २३ विकेट गुम्यो

2008 views

0 Bookmark

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेलमा पहिलो दिन नै कुल २३ विकेट गुमेको छ । बलर हाबी बनेको खेलमा पहिलो दिनको समाप्तिमा दक्षिण अफ्रिका दोस्रो इनिङमा ६२–३ को अवस्थामा छ ।

दक्षिण अफ्रिका अझै पनि ३६ रनले पछि छ । भारतले पहिलो इनिङमा ९८ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका एडेन माक्ररम ५१ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा अविजित छन् ।

उनलाई डेविड वेडिंघमले ७ रनमा साथ दिनेछन् । आफ्नोे टेस्ट करिअरको अन्तिम इनिङमा कप्तान डिएन एल्गर १२, युवा ब्याटर टोनी डी जोर्जी र ट्रिस्टन स्टबस १-१ रनमा आउट भए । भारतका मुकेश कुमारले दुई र जस्प्रित बुमराहले १ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा ३४.५ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । भारत एक समय ३३ ओभरमा १५३-४ को अवस्थामा रहेपनि त्यसपछि बाँकी ११ बलमा कुनै रन नजोड्दै ६ विकेट गुमाएको थियो ।

भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । शुभमन गिल ३६ रोहित शर्मा ३९ रनमा आउट भए । श्रेयस ऐर, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज र प्रसिद्ध कृष्णाले खाता खोल्न सकेनन् ।

भारतका ७ खेलाडी शून्यमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुन्गी एनगिडी र नान्द्रे बर्गरले समान तीन विकेट लिए ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २३.२ ओभरमा ५५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका कायल भेरेयानले सर्वाधिक १५ रन बनाए । डेविड बेडिंघमले १२, टोनी डी जोर्जी २ र डिएन एल्गर ४ रनमा आउट भए ।

भारतको सानदार बलिङ सामु दक्षिण अफ्रिकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका मोहम्मद शिराजले ९ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ६ विकेट लिए । जस्प्रित बुमराह र मुकेश कुमारले २-२ विकेट लिएका थिए ।

दुई खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अघि छ । पहिलो खेलमा दक्षिण अफ्रिका ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.