default_image

2 years ago

January 14, 2024

गण्डकीलाई हराउँदै कर्णालीको विजयी सुरुवात

1231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुल) – हिमान्शु शाहीको अर्धशतकमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा हिमान्शु शाहीले ७१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए ।

ओपनर तथा कप्तान रविन्द्रजंग शाही १९ बलमा १ चौका र २ छक्कासहित २०, निश्चल रावल २९, विपिन शाही ६ र अर्जुन घर्तीले १० रन बनाए । गण्डकीका अकिंत न्यौपानेले २ र विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । गण्डकीको लागि कमल परियार र अमृत गुरुङले सर्वाधिक २१–२१ रन बनाए । आश्वानी राना १६ र विपिन खत्री १० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका अनुज चनारा, दीनेश अधिकारी र दीपेन्द्र रावतले २–२ विकेट लिए । प्रकाश जैसी, दीवान पुन र रविन्द्र शाहीले १–१ विकेट लिए । गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । कर्णालीले मंगलबार सुदूरपश्चिमसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.