default_image

9 years ago

January 26, 2017

पहिलो टि-२० मा आज भारत र इङ्ल्यान्ड भिड्दै

148 views

0 Bookmark

कानपुर (एजेन्सी)– भारतको कानपुरमा आज इङ्ल्यान्ड र घरेलु टोलीबीच तीन टि– ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको पहिलो खेल हुँदैछ । यसअघि टेस्ट र एक दिवसिय श्रृखंला गुमाइसकेको इङ्ल्यान्डको हौसला भने मजबुद रहेको कप्तान इयान मोर्गानले बताएका छन् । एक दिवसिय क्रिकेटको अन्तिम खेलमा इङ्ल्यान्डले भारतमाथि ५ रनको सनसनीपूर्ण जित निकालेको थियो ।

virat-kohli

‘टि २० क्रिकेटमा उच्च मनोबल आवश्यक हुन्छ । भारतसँगको अन्तिम एक दिवसीय खेलको जितले मनोबल बढेको छ । मेहनत गर्दा गर्दै दोस्रो खेल सम्म नतिजा आफ्नो पक्षमा पार्न सकेनौं । त्यसले केही असर गरेको थियो । अन्तिम खेलको सफलताले हाम्रो मनोबल उच्च बनाएको छ । ’ महेन्द्र सिंह धोनीले एक दिवसिय र टि ट्वाटी कप्तानबाट राजीनामा दिएपछिको भारतको यो पहिलो टि ट्वान्टी खेल हो ।

एक दिवसियमा जस्तै विराट कोहलीले पहिलो पटक टि-२० को कप्तानी गर्दैछन् । आइपिएलमा रोयल च्यालेन्जर्सको नेतृत्व सम्हालेका कोहलीले आफैले ओपनिङ गर्ने संकेत पनि दिएका छन् ।

‘मैले भारतको लागि एक या दुइ पटक ओपनिङ गरिसकेको छु । आइपिएलमा भने मलाई राम्रै अनुभव छ’, कोहलीले भने, ‘ इङ्ल्यान्डविरुद्ध ओपनिङ गर्ने नगर्नेमा दुवै सम्भावना उस्तै छ । धेरै कुरा टोली चयनमा भर पर्दछ ।’

टि ट्वान्टीको पहिल्लो खेलमा भारत वेस्ट इन्डिजसँग १ रनले पराजित भएको थियो । भारतले पछिल्ला पाँच मध्ये ३ खेलमा हार बेहोरेको छ भने इङ्ल्यान्डले ५ खेलमा तीन जित दर्ता गरेको थियो । इङ्ल्यान्डलाई पछिल्ला टि ट्वान्टीमा पाकिस्तानले  ९ रनले हराएको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.