default_image

6 months ago

January 21, 2024

आर्मीमाथि पुलिसको रोमान्चक जित

2644 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप २०२४ क्रिकेटमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ ।

भैरहवाको सिद्धार्थनगर रंगशालामा खराब मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा आर्मीले १४१ रनको लक्ष्य पछ्याउन सकेन । आर्मी ३२.२ ओभरमा १२७ रनमा अलआउट भयो । यो पुलिसको लगातार तेस्रो जित समेत हो । आर्मीले भने प्रतियोगिताको ४ खेलमा २ हार बेहोरिसकेको छ ।

आर्मीका शीर्ष तीन ब्याट्सम्यानले खाता नखोली आउट भएका थिए । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्यमा आउट भए ।

इमरानलाई पहिलो ओभरको अन्तिम बलमा सागर ढकालले बोल्ड गरेका थिए । त्यसपछि सन्दीपलाई पनि तेस्रो ओभरको चौथो बलमा सागरले बोल्ड गरेका थिए । सन्तोषलाई अर्को ओभरमा ललित राजवंशीको बलिङमा अर्जुन साउदले स्टम्प आउट गरेका थिए ।

आर्मीले तीन रनमा तीन विकेट गुमाएपछि नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल मल्ल र भीम सार्कीले इनिङसलाई सम्हालेका थिए । भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको साझेदारी गरे । कुशल मल्ल ४८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३५ रन बनाए । उनी २२औ ओभरमा आउट भए ।

भीम पनि २६औं ओभरमा आउट भए । उनले ७६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले । त्यसपछि बसिर अहमद र विवेक यादव एकपछि अर्को गर्दै क्रमस: शुन्य र दुई रनमा आउट भए । विनोद भण्डारी पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । उनलाई ललित राजबंशीले १९ रनमा आउट गरे ।

सोमपाल कामी पनि तीन रन बनाएर राशिद खानको शिकार भए । रसिद खानले नै अन्तिम ओभरमा शाहब आलमलाई आउट गरेर जित सुनिस्चित गराए ।

बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले तीन–तीन विकेट लिए भने रसिद खानले दुई विकेट लिए । सागरले सात ओभरमा दुई मेडनसहित १४ रन मात्र दिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।

त्यसअघि तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङको मद्दतले नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई मध्यम योगफलमा सिमित गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा १४० रनमा अलआउट भयो ।

पुलिसको सुरुवात नै खराब रहेको थियो । १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि पुलिस समस्यामा परेको थियो । ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमा नै कट बिहाइन्ड भए । विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट भए । त्यसपछि दिलिप नाथ पनि शून्यमा बोल्ड भए । तीनै विकेट सोमपालले लिएका थिए ।

ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङलाई बलियो बनाए । आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३औ ओभरमा आउट भए ।

त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके । अर्को छेउमा डटेर रहेका ओपनर सुनिल धमलाले तीन चौका र दुई छक्काका साथ ८० बलमा ५२ रन बनाएर पभिलियन फर्किए ।

कप्तान दीपेन्द्र सिंह ऐरी पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी १३ रनमा रन आउट भएका थिए । अलराउन्डर राशिद खानले १७ बलमा १३ रन बनाएर सोमपालको शिकार बने । त्यसपछि करण केसी १० रनमा शाहब आलमको बलिङ्गमा बोल्ड भए । अन्तिममा ब्याटिङ गर्न आएका ललित राजबंशी पनि पहिलो बलमा नै शाहब कै बलमा बोल्ड भए । सागर ढकाल ३ रनमा नट आउट रहे ।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडन सहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए ।

तीन खेलमा जित हात पार्दै पुलिस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी चार खेलबाट चार अंक जोडेर छैटौं स्थानमा छ ।

सुदूरपश्चिम तीन खेलबाट तीन जितसहित शीर्ष स्थानमा छ । तेस्रो र चौथो स्थानमा रहेका वाग्मती र मधेसको पनि पाँच खेलबाट ६–६ अंक छ ।

यो पनि : कोशीको छैटौं हार, मात्र २५ रनमा अलआउट

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.