default_image

6 months ago

January 21, 2024

अर्जुन शतकबाट चुके!

2471 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीका ओपनर अर्जुन कुमाल आइसीसी यू-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध जारी खेलमा शतकबाट चुकेका छन् ।

नेपालको इनिङलाई अघि बढाउन एक्लो योद्धाको रुपमा खेलेका अर्जुन नर्भस नाइन्टिजको शिकार भए । उनी ९० रनमा रहँदा टप एज लाग्दै थर्ड म्यानमा क्याच आउट भएका हुन् । अर्जुनले १ सय ४ बलको सामना गर्दै १२ चौका प्रहार गरे ।

इनिङको क्रममा तीन पटक जीवनदान पाएका उनले आफ्नो शैलीअनुसार ब्याटिङ गर्दै इनिङ बढाएका थिए । ७३ बलमा ६ चौकासहित अर्धशतक पूरा गरेका उनले त्यसपछि भने खेलको आवश्यकता अनुसार आफ्नो रन गति बढाएका थिए । तर आक्रामक सट खेल्ने धुनमा उनी आउट भए ।

अर्जुन यू-१९ विश्वकपमा सर्वाधिक स्कोर बनाउने सुचिमा संयुक्त दोस्रो स्थानमा छन् । यसअघि प्रदीप ऐरीले सन् २०१२ मा नामिबियाविरुद्ध ९८ नटआउट बनाएका थिए ।

अर्जुन लगातार दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक बनाउनबाट चुकेका हुन् । गत डिसेम्बरमा यू-१९ एसिया कपका दौरान अफगानिस्तानविरुद्ध अर्जुनले ९१ रन जोडेका थिए । उनले यू-१६ उमेर समूहदेखि लगातार रन जोड्दै आएका छन् ।

अर्जुनले यसअघि सन् २०२३ को एसीसी यू-१९ प्र्मिमियर कपमा साउदी अरबविरुद्ध १ सय ४३ रनको इनिङ खेलेका थिए । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै इनिङमा सर्वाधिक रन जोड्ने खेलाडी पनि हुन् ।

अर्जुनले ५ वर्षअघि १३ वर्षको उमेरमा यू-१६ प्रतियोगिता खेल्दाको अनुभव यसरी साटेका थिए : राष्ट्रिय टोलीदेखि आईपीएलसम्मको ‘अर्जुन’ दृष्टि

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.