default_image

2 years ago

January 22, 2024

जसले विश्वकप गुमाए, तर एकै दिन शतक बनाए

3848 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपालले आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनको हार बेहोर्यो । ८ वर्षपछि विश्वकप पुगेको नेपालका लागि अधिकांश खेलाडीको प्रदर्शन औसत नै रह्यो ।

ओपनर अर्जुन कुमालले भने ९० रनको इनिङ खेल्दै नेपालको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । खराब सुरुवात पाएको नेपाललाई अर्जुन र तल्लोक्रमका ब्याटरले राम्रो स्कोरसम्म पुर्याएका थिए । अर्जुन नेपालका लागि विश्वकपमा पहिलो शतक बनाउने अवसरबाट चुके ।

अर्जुन शतक बनाउन चुकेको भोलिपल्ट नेपालमा चलिरहेको प्रधामन्त्री कप २०२४ अन्तर्गत टियु मैदानमा भने यू१९ छनोटका लागि योग्य २ ब्याटरले शतक बनाए । मधेशका मयन यादव र सुदूरपश्चिमका नरेन भट्ट दुवैले सिनियर टोलीका लागि शतक पूरा गरे ।

मयनले सोमबार टियु मैदानमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै १ सय १५ रन जोडे । तेस्रो ओभरमा क्रिजमा आएका उनले ४८ औं ओभरसम्म ब्याटिङ गर्दै १ सय २८ बलको सामना गरे । उनले ८ चौका र २ छक्कासहित झन्डै ९० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । उनले टोलीका दुई अनुभवी ब्याटरसँग शतकीय साझेदारी समेत बुनेका थिए ।

यता नरेन पनि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका थिए । इनिङको तेस्रो बलमा ओपनर टेक रावत आउट भएपछि क्रिजमा आएका नरेन ४५ औं ओभरमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । उनले १ सय २२ बलमा १३ चौका र १ छक्कासहित १ सय २१ रन जोडे । अर्कोतर्फ लगातार विकेट खस्दा नरेन एक्लैले इनिङ अघि बढाएका थिए ।

यी दुवैले पछिल्लो पटक यू१९ टोली छनोटलाई आधार मानिएको क्यान यू-१९ राष्ट्रिय प्रतियोगितामा आ-आफ्नो प्रदेशका लागि खेलेका थिए ।

१७ वर्षीय नरेनले उक्त छनोट प्रतियोगितामा ७ खेलमा १ सय ६ रन जोडेका थिए । त्यसबेला विश्वकप छनोटमा नपरेका नरेनले अघिल्लो वर्ष नै एसीसी यू१६ इस्ट जोनको फाइनलमा शतक प्रहार गरेका थिए । उनले ८९ बलमा १ सय १२ रन जोड्दै नेपाललाई उपाधि दिलाएका थिए । त्यसपछि विश्वकपको लागि क्याम्पमा रहेपनि उनले टोलीमा स्थान बनाउन सकेनन् ।

१६ वर्षको उमेरमा उक्त छनोट खेलेका मयनले भने यू१९ छनोटमा खासै रन जोड्न सकेनन् । त्यसपछि यू१९ को क्याम्पमा उनी सहभागी त भएका थिए । तर टोलीमा पर्न भने सकेनन् ।

यू१९ टोलीमा पर्न नसकेका मयनले यस प्रतियोगितामा लगातार रन बटुलिरहेका थिए । सुरुवाती खेलमा १ रनमै आउट भएपनि उनले आर्मीविरुद्ध ३४ र बागमतीविरुद्ध ३१ रन जोडे । एपिएफसँग २ रनमा आउट भएका उनले कर्णालीविरुद्ध भने अर्धशतक बनाए । सुदूरपश्चिमविरुद्ध शतक जोड्दै उनी प्रतियोगितामा २ सय रन पार गर्ने चौथो खेलाडी बने ।

खेलपछि बोल्दै मयनले सिनियर टोलीबाट शतक बनाउँदा मनोबल बढेको बताए । ‘यसरी नै स्कोरलाई ठूलोमा कन्भर्ट गर्नुपर्छ । मेरो मनोबल पनि उच्च भएको छ । सिनियर खेलाडी हुँदा मलाई सहज पनि भएको छ,’ उनले भने ।

मयनले यू१९ टोलीमा नपरेका कारण पिएम कपमा राम्रो गर्ने सोचका साथ आएको बताए । ‘यू१९ टोलीमा नपरेपछि यो अवसर आएको छ । यसको सदुपयोग गर्नुपर्छ भन्ने लागेको थियो । अब नेपाल ए को लागि अवसर आउँछ भने त्यसको सदुपयोग गर्ने प्रयास हुनेछ,’ मयनले थपे ।

यता नरेनले यो शतकले आफूलाई सहयोग पुग्ने बताए । ‘अहिले शतक बनेको छ । अब राम्रो हुन्छ होला । सिनियर दाइहरुले पनि सहयोग गर्नुभएको छ । आउने दिनमा पनि यस्तै सहयोग पाउने अपेक्षा छ,’ उनले भने ।

नरेनले यू१६ को शतकपछि नजरमा पर्न सहज भएको बताए । ‘यू१६ मा शतक बनाएपछि अरुको नजरमा परें । छनोट हुन त्यसले नि सहज भयो । तर त्यसपछि रन बन्न सकेन । अहिले सुदूरपश्चिममा सिनियर टोलीबाट शतक बनेको छ, खुसी छु,’ उनले भने ।

मयन र नरेनजस्तै यू१९ विश्वकप गुमाएर प्रधानमन्त्री कप खेल्ने अन्य प्रतिभा पनि छन् । यीसँगै सिनियर टोलीमा यसअघि परेर बाहिर रहेका खेलाडीको पनि यो समय नजर नेपाल ए टोलीमा छ । सिनियर टोलीको ब्याकअपको रुपमा नेपाल ए को निर्माण गर्ने भने सँगै खेलाडीलाई प्रदर्शन गर्न पनि मनोबल उच्च भएको मधेश प्रदेशका विकेटकिपर अनिल शाहले बताए ।

‘पहिला राष्ट्रिय टोलीमात्र थियो । नेपाल ए हुँदा अब हामी पनि टिमसँग जोडिएर बस्छौं । टोलीबाट बाहिर रहँदा नकारात्मक सोच आउँछ । अब चाहिं सकारात्मक सोच विकास गर्न मदत पुग्छ,’ अनिलले भने ।

अनिलजस्तै थुप्रै राष्ट्रिय टोलीबाट बाहिर रहेका खेलाडीलाई नेपाल ए निर्माण हुने कुराले हौसला दिएको छ । राष्ट्रिय टोलीको ब्याकअपको रुपमा स्थान बनाउन सके पनि करिअरमा मदत पुग्ने बुझाइ खेलाडीको छ । अझ युवा खेलाडीलाई सिक्न थप अवसर प्राप्त हुँदा मयन र नरेनजस्ता प्रतिभा पनि सिनियर खेलाडीविरुद्ध जमेर खेलिरहेका छन् ।

अनिल, मयन र नरेनसँगको अन्तर्वार्ता हेर्नुहोस :

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.