default_image

2 years ago

January 28, 2024

विश्वकपमा ‘आकाश’ छुने उडान

2680 views

0 Bookmark

सन्देश सिग्देल, काठमाडौं

तीव्र गतिका युवा बलर आकाश चन्दले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तान विरुद्ध पाँच विकेट लिएर नेपाली क्रिकेटमा मात्र नभइ विश्व क्रिकेटमा आफ्नो छाप छोडेका छन् । चन्दले आफ्नो ज्वलन्त बलिङका साथ नेपाललाई सुपर सिक्स चरणमा पुर्‍याउन निर्णायक भुमिका खेल्दै अफगानी इनिङ्सलाई धराशायी पारेका थिए ।

२०१९मा काठमाडौंमा भएको यू-१९ विश्वकप छनोटअघि ट्यालेन्ट हन्टबाट सुरु भएको यात्रामा चन्द आफ्नो अपार क्षमताका लागि निरन्तर रूपमा चिनिँदै आएका छन् । यद्यपि, शुक्रबार अफगानिस्तान विरुद्धको उनको उल्लेखनीय प्रदर्शन वास्तवमै उनको नयाँ आयामका रूपमा रह्यो ।

आकाशले ५ विकेटको उपलब्धि पूरा गर्ने क्रममा अफगानिस्तानको शीर्षक्रममा विध्वंस मच्चाए । टेस्ट टोलीविरुद्ध गरेको उक्त प्रदर्शनमा विश्व क्रिकेटमा परिचित कमेन्टेटर समेत आश्चर्यमा थिए । उनले विकेट मात्र लिएनन्, रनमा अंकुश लगाउँदै अफगानिस्तानलाई निरिह पारे ।

चन्द हाल विश्वकपमा सर्वाधिक विकेट लिनेहरूको तालिकामा संयुक्त दोस्रो स्थानमा छन् । उनी तीन खेलमा आठ विकेट लिएर पाकिस्तानका राष्ट्रिय टोलीका बलर नसीम शाहका भाइ उबेद शाहभन्दा एक विकेट पछि छन् ।

हाम्रोखेलकुदसँगको कुराकानीमा, चन्दले नेपालको सो एक विकेटको जितबारेमा विस्तृतमा बताए । उनले विकेट लिन टोलीको आत्मविश्वासमा जोड दिए । उनी आफ्नो लागि होइन आफ्नो टोलीका लागि खेल्नमा केन्द्रित थिए ।

चन्दले भने, “सुरुदेखि नै हामी विकेट आउनेमा विश्वस्त थियौं । चौका वा छक्काको बावजुद, मेरो रणनीति पूर्व-स्थापित योजना अनुसार स्टम्पमा लगातार बलिङ गर्ने थियो।”

शर्ट बल गर्नका लागि चिनिएका चन्दले अफगानिस्तानको विरूद्धमा आफ्नो दिमागमा योर्कर र स्टम्प अगाडी बलिङ गर्ने सचेत प्रयास गरिरहेका थिए ।

“मैले केही लेन्थ मिस गरें र केही फुल टस बलिङ गरें, तर विकेट पनि खसे,” उनले थपे।

“विकेटले पनि मद्दत गर्‍यो। बल दुवैतिर स्विङ भइरहेको थियो । हामी गुरु (प्रशिक्षक टमाटा) ले जे गर्न भन्नुभएको थियो, त्यही अनुसार गर्यौं ।”

नेपालको सुदूरपश्चिम क्षेत्रका चन्दले खेलमा पाँच विकेट लिने कल्पना गरेका थिएनन् । उनको मुख्य उद्देश्य टोलीका लागि बलिङ गर्ने थियो, तर भनाइ अनुसार भाग्यले बहादुरलाई साथ दिन्छ, र विकेट उनको लागि आइरह्यो ।

चन्दले भने, “मैले पाँच विकेट लिने आशा गरेको थिइनँ । म टिमका लागि बलिङ गरिरहेको थिएँ, जितको लक्ष्य राखेर ।” चन्दले प्रारम्भिक विकेटहरु पछि थप विकेटहरू आउने महसुस गर्न सक्थे ।

“विकेट झर्न थालेपछि थप आउने महसुस भयो,” उनले थपे । पाँच मात्र होइन, मैले छ वा सात विकेट पनि लिन्छु भन्ने सोचेको थिएँ । एक समय त आज म एक्लै सक्दिन्छु भन्ने सोच पनि आयो ।”

चन्दले अल्लाह गजन्फरको प्रभावकारी ब्याटिङलाई ध्यानमा राख्दै कप्तान देव खनाललाई स्पिनरहरूलाई बलिङ गराउन उनको सुझावले प्रेरित गरेको बताए । यसले व्यक्तिगत उपलब्धिहरू भन्दा टोलीलाई फाइदा पुर्‍याउने कुरालाई प्राथमिकता दिने उनको दृष्टिकोणलाई जोड दिन्छ ।

“मैले कप्तानलाई अल्लाह गजानफरको आक्रामक ब्याटिङलाई ध्यानमा राख्दै स्पिनरहरू ल्याउन भनेँ,” उनले भने ।

“मेरो बलिङको कुनै पनि एज लागेमा बाउन्ड्री वा छक्का निम्तिन सक्छ, मेरो बायाँ ह्यामस्ट्रिङमा सानो समस्या पनि थियो । त्यहि भएर मैले तिलकलाई बल दिने सुझाव दिए। उनले विकेट पाउनेमा म विश्वस्त थिएँ।”

र तिलकले विकेट लिए पनि । आक्रामक देखिएका गजन्फर २१ बलमा ३७ रन बनाउँदै तिलक भण्डारीको बलमा आउट भएका थिए ।

जितपछि उनको भावनाको बारेमा प्रश्न गर्दा आउट भएका अन्तिम व्यक्ति आकाशले भावना व्यक्त गर्न संघर्ष गरे ।

“म त्यो भावनालाई शब्दमा बयान गर्न सक्दिन”, उनले गर्वका साथ भने ।

“केही केटाहरू रोइरहेका थिए, कोही अझै बसिरहेका थिए। त्यहाँ चार फिट अग्लो पर्खाल थियो, र म प्याड लगाएर त्यसलाई नाघेँ । मलाई थाहा छैन यो कसरी भयो । खुशी अथाह थियो; म यसलाई राम्ररी बयान गर्ने सक्दिन।”

चन्द र नेपाली युवा टोलीका लागि त्यो खुशी बयान गर्नु समयको आवश्यकता होइन । अब नेपालले सुपर सिक्स चरणमा थप दुई टेस्ट राष्ट्र भारत र बंगलादेशसँग खेल्ने भएको छ । समूह चरणबाट अंक समेत अगाडी जाने भएका कारण सेमिफाइनल पुग्ने सम्भावना न्यून रहेको छ । तर यस युवा टोलीका लागि, कडा टोलीहरु विरुद्ध चाहिने सही एक्सपोजर महत्त्वपूर्ण हो ।

क्याप्टेन देवको नेतृत्वमा यो युवा टोलीले देशको गौरव ल्याइसकेको छ । विशेष गरी आकाशले क्रिकेट-उन्माद पुरै राष्ट्रको माया पाएका छन् । अफगानिस्तानविरुद्ध उनको त्यो बलिङ प्रदर्शनले उनको करिअरमा उडान भर्न पक्कै मदत गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.