default_image

9 years ago

January 26, 2017

अर्को महिना अन्तर कलेज सुपर इन्डोर क्रिकेट हुन

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा अर्को महिना अन्तर कलेज सुपर क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन १ गते देखि लिग कम नकआउटका आधारमा कोटेश्वरस्थित अल्टिमेट इन्डोर्स क्रिकेटमा हुने प्रतियोगितामा २४ क्लबको सहभागिता रहने बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अल्टिमेटका निर्देशक उत्तम खडायतले जानकारी दिए ।

indoor-cricket

सहभागी २४ टोलीलाई ८ समूहमा विभाजन प्रतिस्पर्धा गराएपछि समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । लिग कम नकआउट १२ ओभर र नकआउट १८ ओभरमा खेलाइने अल्टिमेटका अर्का निर्देशन अर्जुन पाण्डेले बताए । युवा बिद्यार्थीलाई क्रिकेटमा आकर्षित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कलेज टोलीबाट राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले पनि खेल्न सक्छन् ।

झन्डै ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सहभागि टोलीले दर्ता शुल्क ३० हजार रुपैयाँ तिर्नुपर्नेछ । प्रतियोगिता भर सहभागी टोलीका लागि जर्सी, ब्याट,बल र खानाको व्यवस्था आयोजना गर्ने बताइएको छ । झन्डै दुई साता चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ पाउँनेछ । प्रतियोगिताको प्लेयर अफ दी सिरिजले १० तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका ब्रान्ड एम्बेसडर रहेको राष्ट्रिय क्रिकेट टोलीका सदस्य प्रदीप ऐरीले क्रिकेटको क्रेज बढी रहेकोले यस्ता प्रतियोगिताले नयाँ खेलाडीलाई प्रोत्साहन मिल्ने बताए । अल्टिमेट र पाण्डाले हरेक बर्ष प्रतियोगितालाई आयोजना गर्ने लक्ष्य राखेको बताइएको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.