default_image

9 years ago

January 26, 2017

वार्नरको कीर्तिमानी शतकमा अष्ट्रेलिया विजयी

141 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर डेविड वार्नरको आक्रामक पारीको मद्दतले पाकिस्तानविरुद्धको पाँच एकदिवसीय शृंखलाको अन्तिम खेलमा बिहिबार अष्ट्रेलियाले ५७ रनको फराकिलो जित हासिल गरेको छ। जितसंगै अष्ट्रेलियाले शृंखला ४-१ले आफ्नो पक्षमा पारेको छ।

Australia v Pakistan - 5th ODI

टस जितेर पहिलो ब्याटिङ रोजेको अष्ट्रेलियाको लागि कप्तान स्टीभन स्मिथको ब्याटिङ गर्ने निर्णय सहि सावित भयो र ओपनिङ जोडीले कीर्तिमानी २ सय ८४ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले ३६९/७को विशाल स्कोर खडा गर्यो। ओपनर ट्राभिस हेडले १ सय २८ रन जोडे भने वार्नरले आफ्नो करियरकै उत्कृष्ट स्कोर बनाए। ७८ बलमा शतक पुरा गरेका वार्नरले १ सय २८ बलमा १ सय ७९ रन जोडे। वार्नरले १९ चौका र ५ छक्का प्रहार गरेका थिए भने हेडले ९ चौका र ३ छक्का हाने। वार्नर र हेडको २ सय ८४ रनको साझेदारी ४१.३ ओभरसम्म टिकेको थियो।warner-and-head

अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि खेलको अन्त्यतिर अष्ट्रेलियाले सोचेजस्तो अन्त्य गर्न सकेन। एक समय चार सय रनको कोशेढुंगा पुग्ने देखिएको अष्ट्रेलिया वार्नरलाई गुमाएपछि सोचेजस्तो ब्याटिङ गर्न सकेन। पाकिस्तानका जुनेद खान र हसन अलिको नाममा २-२ विकेट रह्यो।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानको लागि सुरुवात राम्रो हुन सकेन र आफ्नो कप्तान अजहर अलिलाई ६ रनमै गुमायो। दोश्रो विकेटका लागि शर्जिल खान र बाबर आजमले १ सय ३० रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए। ७९ रनमा मिचेल स्टार्कको बलमा कट बिहाइन्ड हुनु अघि शर्जिलले ९ चौका र २ छक्का प्रहार गरेका थिए। तेश्रो नम्बरमा ब्याटिङ गरेका युवा खेलाडी बाबर आजमले शतक बनाए। १ सय ९ बलमा सय रन प्रहार गरेका बाबरले ७ चौका र १ छक्का प्रहार गरे।

शोएब मलिक १० रनमा रिटाएर्ड हर्ट भएपछि पाकिस्तानले ९ विकेटसम्म मात्र ब्याटिङ गरेको थियो। उमर अकमलले ४० बलमा ४६ रन बनाएपनि साथ दिने कोहि नहुँदा पाकिस्तान ३ सय १२ रनमा अलआउट भएको थियो। अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट र प्याट कमिन्सले २ विकेट लिए। जोश हेजलवुड, एडम जाम्पा र जेम्स फक्नरको नाममा १-१ विकेट रह्यो।

अन्तिम खेलको म्यान अफ द म्याच बनेका वार्नर म्यान अफ द सिरिज पनि घोषित भए।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.