default_image

9 years ago

January 26, 2017

भारतद्वारा इंग्ल्यान्डसामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत

120 views

0 Bookmark

कानपुर – भारत र इंग्ल्यान्डबिचको तीन ट्वान्टी-२० खेलको शृंखला अन्तर्गत बिहिबार भइरहेको पहिलो खेलमा भारतले पहिलो ब्याटिङ गर्दै १४७/७को स्कोर खडा गरेको छ।

Indias batsman and captain Virat Kohli plays a shot during the first T20 cricket match between India and England at Green Park Stadium in Kanpur on January 26, 2017. IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE--- / AFP PHOTO / SAJJAD HUSSAIN / ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE----- / GETTYOUT

टस जितेर पहिलो फिल्डीङ रोजेको इंग्ल्यान्डले पाँचौ ओभरमा पहिलो सफलता पाएको थियो। के.एल. राहुललाइ ८ रनमा पेभेलियन पठाएको इंग्ल्यान्डले इनिंग्समा लगातार विकेट लिएको थियो। बलिङमा राम्रो पकड बनाएको इंग्ल्यान्डका लागि अन्तिम ओभर भने सुखद रहेन। जोर्डनको अन्तिम ओभरको पहिलो बलमा पुर्व-कप्तान महेन्द्र सिंह धोनी ड्रप भएपछि भारतले १२ रन जोड्यो। २७ बल खेलेका धोनी ३ चौका प्रहर गर्दै ३६ रनमा अविजित रहे।

भारतका लागी कप्तान बिराट कोहलीले २६ बलमा ४ चौकाको मद्दतले २९ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका सुरेश रैनाले २३ बलमा ३४ रन जोडे। इंग्ल्यान्डका लागि मोइन अलिले २ विकेट लिए भने टाइमल मिल्स, क्रिस जोर्डन, लिअम प्लन्केट र बेन स्टोक्सको नाममा १-१ विकेट रह्यो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.