default_image

9 years ago

January 27, 2017

पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ७ विकेटले हरायो

125 views

0 Bookmark

कानपुर (एजेन्सी)– इङ्ल्यान्डले पहिलो टि ट्वान्टी क्रिकेटमा भारतलाई ७ विकेटले हराएको छ । तीनवटा टि ट्वान्टीको श्रृंखलामा इङ्ल्यान्डले १–० को अग्रता लिएको छ । १ सय ४८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३ विकेटको नोक्सानीमा ११ बलअघि नै आवश्यक रन जोडेको थियो ।

Manish Pandey

जोय रुट र कप्तान इयान मोर्गानले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेपछि एक दिवसिय श्रृखंला गुमाएको इङ्ल्यान्डले पहिलो टि ट्वान्टी क्रिकेट जितेको थियो । रुटले ४६ बलमा ४ चौका साथ अविजित ४६ रन जोडे ।

अर्धशतक पुरा गरेका मोर्गानले ३८ बलमा ४ छक्का र १ चौका प्रहार गरे । मोर्गानले ५१ रन बनाएका थिए । बेन स्टोक्सले अविजित २ रन जोडे । त्यसअघि ओपनर जासन रोय १९ र साम बिलिङ्सले २२ रन बनाएका थिए ।

घरेलु टोली भारतका लागि युजभेन्दर चाहलाले २ तथा परवेज रसुलले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर भारतले पहिले ब्याटिङको निम्ता पाएको थियो । भारतले ७ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो ।

कप्तान विराट कोहलीले ओपरको भूमिका निर्वाह गरेको खेलमा पूर्व कप्तान महेन्द्र सिंह धोनीले टोलीका लागि सर्वाधिक अविजित ३६ रन बनाएका थिए । २७ बल खेलेका धोनीले ३ चौका साथ ३६ रन जोडे । सुरेश रैनाले २३ बलमा ४ चौका र १ छक्का साथ ३४ रन बनाएका थिए ।

त्यस्तै कोहलीले २६ बलमा ४ चौकासहित २९ रन जोडे । युवराज सिंहले १२ रन बटुले भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो आँकडामा रन बनाउन सकेनन् । इङ्ल्यान्डका मोइन अलीले २ तथा टाइमल मिल्स, क्रिस जोर्डन, लिअम प्लन्केट र स्टोक्सले समान १ विकेट लिए ।

४ ओभरमा २१ रन दिएका इङ्ल्यान्डका अली म्यान अफ दी म्याच घोषित भए । यी दुई टोलीबीचको दोस्रो टि ट्वान्टी आइतबार नागपुरमा हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.