default_image

2 years ago

February 2, 2024

नेपाललाई भारतको विशाल लक्ष्य

1782 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाललाई भारतले २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रनको विशाल योगफल खडा गरेको हो । भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय इनिङ खेले । उनले १ सय १ बल खेलेर ११ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान सहरानले पनि १ सय ७ बलमा ९ चौका सहित १०० रनको शतकीय इनिङ खेले ।

चौथो विकेटका लागि कप्तान उदय साहारन र सचिन दास मिलेर २ सय १५ रनको साझेदारी गरेका थिए । सचिन दास ४८औं ओभरमा गुलशनको बलमा क्याच आउट भएपछि सो साझेदारी तोडिएको थियो । उदय भने अन्तिम ओभरमा गुलशनकै बलमा आउट भएका थिए ।

भारतका सुरुवाती ब्याटर आदर्श सिंह १८ बलमा २१ रन प्रहार गर्दै गुलशनको बलमा पाँचौं ओभरमा विकेटकिपर उत्तम मगरको हातबाट क्याच आउट भएका थिए ।

यस्तै त्यसपछि आउट हुनेमा तेस्रो नम्बरमा आएका प्रियंशु मोलिया थिए । उनी १४औं ओभरमा १९ रन बनाएर रनआउट भएका थिए ।

सोही ओभरमा आकाशले अर्का ओपनर अर्शिन कुलकर्नीलागि १८ रनमा आउट गरे । सो विकेटमा पनि उत्तमले क्याच आउट गराएका थिए । मुशिर खान ९ रनमा र अराभेली अवानिश शून्यमा अविजित रहे ।

नेपालका लागि गुलशन झाले १० ओभरमा ५६ रन दिंदै ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चिदै १ विकेट लिए ।

दुर्गेश गुप्ताले ९ ओभरमा २ मेडन सहित ५५ रन खर्चिए । दिपेश कंडेलले १० ओभर बलिङ गरेर ४६ रन दिएर कुनै विकेट लिएनन् । सुबाश भण्डारीले पनि १० ओभर बलिङ गरेर बिना कुनै विकेट ५५ रन दिए । देव खनालले पनि २ ओभरमा १४ रन दिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.