1 year ago
February 13, 2024
राकेश तिमल्सिना, चितवन
अंकुरम एकेडेमी भरतपुर र अर्किड इंग्लिस स्कुल भरतपुर एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणमा प्रवेश गरेका छन् । मंगलबार नकआउट खेलमा अंकुरमले ओमशान्ती एकेडेमीलाई ६ विकेट तथा अर्किडले अरोमा इंग्लिस स्कुललाई ५ विकेटले हराउँदै लिग चरणमा स्थान बनाएका हुन् ।
भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमशान्ती एकेडेमी १८.२ ओभरमा अलआउट हुँदै ९९ रन बनायो ।
ओमशान्तीका लागि अर्जुन भन्डारी र शिशिर लम्सालले सर्वाधिक समान १८ रन बनाए । अर्जुन मनोज सापकोटाको बलमा एलबिडब्लु धरापमा परे । शिशिर इन्सिप पौडेलको बलमा विकेटकिपरद्वारा समातिदै पेभिलियन फर्किए । बलिङमा मनोज सपकोटा र विप्लप पोख्रेलले समान ३, इन्सिप पौडेलले २ तथा सुयोग अधिकारी र आरोहम अधिकारीले समान १ विकेट लिए ।
१ सय रनको सामान्य विजय लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अंकुरमले १७.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अंकुरमको जितमा ओपनर अंकित बस्यालले नटआउट २९ रन बनाए । पुजन ढकालले २१ रन जोडे । बलिङमा कुशल शर्मा, बासुदेव सापकोटा र डेभिड माझीले समान १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका विप्लप पोख्रेल खेलको प्लेयर अफ द म्याच भए ।
त्यस्तै अर्को खेलमा ९५ रनको विजय लक्ष्य पछ्याएको अर्किडले १२.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । प्रिन्स तिमल्सिनाले सर्वाधिक २५ रन जोड्नेक्रममा १ छक्का र २ चौका प्रहार गरे । १२ बलमा नटआउट २४ रन बनाएका विपिन क्षेत्रीले ३ छक्का र १ चौका प्रहार गरे । बलिङमा कृष्ण कुँवरले २ तथा सौरभ बस्नेत, आयुष कोइराला र गौतम यादवले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अरोमा १७.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटियो । सौरभ बस्नेतले सर्वाधिक २९ रन बनाए । अभिषेक लोहनीले १३ रन जोडे । बलिङमा मन्दिप बरालले ४, सन्देश सुवेदी र आशिष गुरुङले समान २ विकेट लिए । ४ ओभरमा १ मेडनसहित २४ रन खर्चिएर ४ विकेट लिएका मन्दिप बराल खेलको प्लेयर अफ द म्याच बने ।
प्रतियोगिताको लिग चरणमा पुग्ने १० टोलीको टुंगो लागेसँगै आज नै समूह विभाजनको ड्र सार्वजनिक गरिएको छ । समूह एमा नारायणी नमुना मावि, अंकुरम एकेडेमी, वाल्मिकी शिक्षा सदन, लक्ष्मी मा.वि जगतपुर र मावि गंगानगर रहेका छन् । अर्किड स्कुल, विश्वप्रकाश मा.वि, इडन गार्डेन स्कुल, प्रभात मा.वि र सनराइज इंग्लिस स्कुल समुह बी मा परेका छन् ।
लिग चरणका खेलहरु फागुन ४ गते सुरु हुनेछन् । लिगको पहिलो खेलमा नारायणी नमुना मा.विले अंकुरम एकेडेमीको सामना गर्ने भएको छ । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता २२ फागुनसम्म चल्नेछ । प्रतियोगिता मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज रहेको छ ।
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिगको उपाधि जितेको छ। बिहिबार सम्पन्न प्रतियोगिताको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो। सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टाइगर्सका […]
July 16, 2025
एजेन्सी – जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ । हरारे स्पोर्टस क्लबमा बुधवार न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १ सय ५२ रनमा समेटियो । दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ […]
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले धनगढीस्थित एसपिए कलेजसँगको सम्झौता नवीकरण गरेको छ । एसपिएका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले बिहिवार सम्झौतामा हस्ताक्षर गरे । एसपिएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेको थियो । यसबाहेक […]