2 years ago
February 19, 2024
राकेश तिमल्सिना, चितवन
एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समूह ‘बी’ को अर्किड इंग्लिस स्कुलले लगातार दोश्रो जित हासिल गरेको छ।
समुह ‘ए’मा अंकुरमले पहिलो जित निकालेको छ ।आजको खेलमा अर्किडले सनराइज इंग्लिस स्कुललाई ६ तथा अंकुरमले लक्ष्मी माविलाई ८ विकेट हराएको छ ।
भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सनराइज १७ ओभरमा ६३ रन जोड्दा अलआउट भयो ।
सनराइजका लागि कप्तान चन्दन महतोले मध्यक्रममा सर्वाधिक २२ रन बनाए । ओपनर सुजल पण्डितले ११ रन जोडे ।
सनराइजको इनिङ्स ध्वस्त बनाउनेक्रममा मन्दिप बरालले ४, सौगात सापकोटाले ३ र अमन भण्डारीले २ विकेट लिए ।
६४ रनको झिनो लक्ष्य पछ्याएको अर्किडले १२.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । अर्किडको जितमा सौगात सापकोटाले नटआउट १० रन बनाए । त्यसअघि ओपनर सुगम ढुंगानाले १० रन जोडे ।
बलिङमा अमुल कार्कीले २ तथा सौगात सुवेदी र चन्दन महतोले समान १ विकेट लिए । ४ ओभरमा १ मेडनसहित १० रन खर्चदै महत्वपुर्ण ४ विकेट लिएका अर्किडका मन्दिप बराल खेलको प्लेयर अफ द म्याच भए ।
मन्दिप जारी प्रतियोगितामा ३ खेलबाट १३ विकेट लिएका उनी सर्वाधिक विकेट टेकरको सूचीमा शीर्षस्थानमा छन् । समुह “बी’मा लगातार दुई खेल जितेको अर्किड ४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा कायम छ ।

यस्तै अर्को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको लक्ष्मी मावि जगतपुर १३.१ ओभरमा अलआउट हुँदै ४७ रनमा रोकियो । लक्ष्मीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।
लक्ष्मीलाई सस्तैमा रोक्नेक्रममा सुयोग अधिकारीले ४ तथा इन्सिप पौडेल र मनोज सापकोटाले समान २ विकेट लिए । ४८ रनको झिनो लक्ष्य पछ्याएको अंकुरमले ४.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । अंकुरमको जितमा ओपनर विप्लव पोखरेलले नटआउट २१ रन बनाए ।
४ ओभरमा ८ रन खर्चिएर ४ विकेट लिएका अंकुरमका सुयोग अधिकारी खेलको प्लेयर अफ द म्याच बने । समुह ‘ए’मा २ खेलबाट पहिलो जित निकालेको अंकुरम २ अंकसहित नेट रनरेटको आधारमा वाल्मिकीलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा मंगलबार पहिलो खेलमा विश्वप्रकाश मावि र प्रभात मावि तथा अर्को खेलमा वाल्मिकी शिक्षा सदन र मावि गंगानगर प्रतिस्पर्धा गर्नेछन् ।
भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भैरहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]