default_image

5 months ago

February 24, 2024

पूरा हुँदै सपना – सिलान्यासको ९ महिनामा क्रिकेट मैदान तैयार

8019 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

आफूले बनाउन लागेको क्रिकेट मैदान तोकिएको समयमा निमार्ण पूरा गरि खेल खेलाउने बताउदै गर्दा विनोद कुँवरको कुरा धेरैले पत्याउन सकेका थिएनन् । तर आज बनजर जमिनलाई सम्याएर सिल्यान्यास गरिएको ९ महिनामा क्रिकेट खेल आयोजनाको घोषणा गर्दै गर्दा धेरै जना आश्चार्यमा पर्नु स्वभाविक छ ।

यो अवस्था सिर्जना भएको हो रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ दरखसहवामा निमार्णाधिन एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट मैदानको निमार्णबाट । गुल्मी घर भै अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उनकी श्रीमती सुदीक्षा गौतमले ४० करोडको निजी लगानीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउछु भन्दै गर्दा धेरैलाई पत्यार लागेकै थिएन ।

सरकारी ठूला लगानीका सुरु गरेका मैदानहरु बर्षौसम्म अलपत्र परेको देखेका र भोगेका क्रिकेट प्रेमीहरुका लागि कुँवर दम्पत्तिको कुरा सपना नै लागेको थियो, नेपालमा नीजि लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निमार्ण सम्पन्न हुन्छ भनेर ।

नेपालमा राज्यको लगानीमा एउटा पनि मैदान पूर्ण रुपमा बन्न नसकेको, नबनाइएको अवस्थामा एउटा व्यक्तिले कसरी मैदान बनाउन सक्छ ? सबैको प्रश्न यहि थियो । तर विश्वमा धेरै उदाहरण छन्, व्यक्तिको सोंच र पहलमा ठूलाठूला क्रिकेट मैदान बनेका छन् । त्यो काम नेपालमा किन हुन सक्दैन भनेर गुल्मीका एक युवक अगाडी बढे र आज बनाएर देखाएका छन् ।

फागुन २८ गते उद्घाटन

तिलोत्तमा नगरपालिकामा बन्दै गरेको निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन २८ गते औपचारिक उद्घाटन हुँदैछ । मैदानको उद्घाटनका रुपमा नेपाली भेट्रान क्रिकेट खेलाडीहरुबीचको टि–१० प्रतियोगिता आयोजनाको घोषणा गरिएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्राण्ड एम्वेस्डर भेट्रान क्रिकेट खेलाडी शक्ति गौचनले फागुन २८ गते मैदानको औपचारिक उद्घाटनसंगै मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।

गौचनले फागुन २८ आफुहरुले आयोजना गर्न लागेको प्रतियोगिताबाट सो मैदानमा कुनै पनि प्रकारको अन्तराष्ट्रिय म्याच खेलाउन सकिने उद्घोष गर्न लागेको जानकारी दिए । गौचनले मैदान र पिचको सबै काम सकिएको छ र अब कुनै पनि क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने बताए ।


उद्घाटनमा हुने मैत्रीपूर्ण प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागि हुने छन् । यसै वर्षको जेठ ३० गते मैदानको सिलान्यास गरिएको थियो । त्यसपछि मैदानमा धमाधम काम थालिएको थियो ।

पौने ५ विघा जग्गामा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालासहित एकेडमी भवन निमार्ण थालिएको छ । मैदान निर्माणको पहिलो चरणमा मैदान लेभलिङ गर्ने, पिच बनाउने र आउटफिल्डमा घाँस बिछ्याउने काम सकिएको छ । मैदानका लागि आवश्यक मर्मत खेल समाग्रीहरु रोलर, घास काट्ने मेसिनहरु आएको छ । मैदानमा अब थप भौतिक पूर्वाधार थप्दै लाग्ने योजना रहेको छ ।

निमार्णाधिन क्रिकेट रंगशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर बन्ने छ । रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा युएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले बोकेका छन् ।

पारसको सन्न्यासपछिको कम व्याक

मैदानको उद्घाटनमा क्रिकेटबाट सन्यास लिएका नेपाल क्रिकेट संघ(क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का मैदानमा उत्रने घोषणा गरेका छन् । सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्नका लागि सो मैदानमा उत्रन लागेको खड्काले बताएका छन् ।

‘मैले अब सन्न्यासपछि कहिले क्रिकेट खेल्छु भन्ने प्रश्न सबैको हुन्थ्यो, एक्स्ट्राटेकको उद्घाटनमा त्यो अवसर जुरेको छ । नेपाली क्रिकेटले नयाँ मैदान पाएको छ म ज्यादै खुसी छु ।’ खड्काले भनेका छन् । पारसले २०१४ टोलीको कप्तानी गर्नेछन् । १९९६ को कप्तानमा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापा कप्तान रहने छन् ।

पछिल्लो समय नेपाली क्रिकेटले ऐतिहासिक सफलता प्राप्त गरेको छ । नेपालीमा बढ्दो क्रिकेटप्रतिको क्रेज र खेलाडीहरुले निकालेको परिणामलाई थप अगाडि बढाउन लाग्न सकिएन भने परिणाम शुन्यमा झर्ने छ । स्तरीय खेलकुदका लागि भौतिक पूर्वाधार पहिलो र अनिवार्य पूर्वसर्त हो । पर्याप्त भौतिक पूर्वाधारको बिना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलता हात लाग्दैन ।

आज नेपाली खेलकुदको प्रमुख चुनौती पनि भौतिक पूर्वाधारको अभाव हो । खेलक्षेत्रमा आफ्नो सुनौलो भविष्य खोज्न न्यूनतम् भौतिक पूर्वाधारको अभावमा सक्रिय खेलाडीका लागि ओवल क्रिकेट मैदान तयार हुनु निकै उत्साहाको विषय भएको लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।

विनोद कुवरले थालेको अभियान हामी सबैको अभियान हो भन्दै सदस्य सचिव भट्टराईले मैदान बनेको कुरालाई यस क्षेत्रका खेल संस्था र खेलप्रेमीहरुले अपनत्व ग्रहण गरेर अगाडी बढ्नु पर्ने बताएका छन् । उनले उहा यसलाई सरकारलाई चुनौति नभएर सहकार्यको एक नमुना बनाउन आग्रह गरेका छन् ।

क्रिकेटको ‘पहिचान’ रुपन्देहीमा
रुपन्देही नेपालमा क्रिकेटको ‘हब’ को रुपमा पहिचान बनाएको जिल्ला हो । रुपन्देहीले दर्जनौं प्रभावशाली क्रिकेटर उत्पादन गरेको मात्र होइन नेपालको क्रिकेटको नेतृत्व गरेको छ । नेपालको क्रिकेटको परिचर्चा गर्दा रुपन्देहीको नाम छुट्न सक्दैन । क्रिकेटको विकासमा अग्रणी स्थान बनाएको रुपन्देहीले सधै खेलकुदमा नयाँ पहिचान स्थापित गर्दै आएको छ । यसैको नयाँ पहिचन थपिएको छः नेपालको एक मात्र नीजि क्षेत्रको अन्तराष्ट्रिय क्रिकेट मैदान भएको जिल्ला भनेर ।

रुपन्देहीबाट उत्पादन भएका थुप्रै क्रिकेटरले आफ्नो ब्याटिङ, बलिङ र फिल्डिङसंगै प्रशिक्षणबाट थुप्रै राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको गौरव राखेको छन् । खेलाडीहरुले देखाएको हुनरकै कारण आज नेपालले क्रिकेटमा गर्व लाग्ने अवस्था आएको छ ।

रुपन्देहीबाट उदाएका राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनालजस्ता दर्जनौ प्रतिभाशाली लिजेन्ट तथा युवा क्रिकेटरले अन्तर्राष्ट्रिय खेलवृत्तमा देशलाई चिनाएका छन् । यसैगरि वसन्त शाही, सञ्जय गुरुङ, सत्यजित सरकार, समिर खान, जगत टमाटाजस्ता क्रिकेटका नेतृत्वदायी हस्ती पनि रुपन्देहीले उत्पादन गरेको छ ।

त्यहि अभियानमा थपिएको छ तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा करिब ४० करोड रुपैयाँ लगानी गरेर पाँच बिगाहा जमिनमा बनेको क्रिकेट मैदान । निजी क्षेत्रको लगानीमा नेपालका बन्न लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान र क्रिकेट एकेडेमीको शिलान्यास भएको ९ महिनामा प्रतियोगिता आयोजना गर्ने अवस्थमा पुगेको छ ।

निमार्णका लगानीकर्ता कुवरले पहिलो वर्ष क्रिकेट मैदान, पिचसंग सम्बन्धित कामसहित पाँच हजार दर्शक क्षमताको रंगशाला बनाइने र प्रत्येक वर्ष पाँच हजार दर्शक क्षमता बढाउँदै लगेर आगामी चार वर्षभित्र रंगशालालाई २५ हजार दर्शक क्षमताको बनाइने लक्ष्य राखेका छन् । ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान नाम दिएको रंगशाला सुरुवाती निमार्ण काममा कुवर आफै प्रत्यक्ष खटिएका थिए । अष्ट्रेलियमा आइटीको विजने र शिक्षा दिइरहेका कुवर मैदानको उद्घाटनका लागि यसै हप्ता नेपाल आउदैछन् ।

गौचन ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ‘ब्रान्ड एम्बासडर’को भूमिकामा सक्रिय छन् । उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको छ । यसरी निर्माण हुने क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । लामो समय यूएईमा बसेका क्युरेटर माधव पाठकले अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा समेत क्युरेटरको जिम्मेवारी निर्वाह गरिसकेको अनुभव रहेको बताउदै ‘एक्स्ट्राटेक ओभल’ को मैदानमा कुनै कमी हुननदिएको धारणा राख्दछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.