9 years ago
January 29, 2017
नागपुर (एजेन्सी) – अन्तिम ओभरमा जस्प्रित बुमराहले राम्रो प्रदर्शन गरेपछी १ सय ४५ रनको लक्ष्य जोगाउदै भारतले दोस्रो टि-२० जित्दै तिन खेलको श्रृंखलामा १-१ बराबरी गरेको छ ।

टस जितेर भारतलाई ब्याटिङ गर्न निम्त्याएको इङ्ल्याण्डसामु घरेलु टोलीले निर्धारित २० ओभरमा १४४/८ को स्कोर खडा गरेको थियो । भारतकोलागी केएल राहुलले सार्वाधिक ७१ रन जोडेका थिए । उनले ४७ बलको सामना गर्दै २ छक्का र ६ चौकाको मद्धतले ७१ रन बनाएका थिए । कप्तान विराट कोहलीले २१ र मनिष पाण्डेले ३० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन। इङ्ल्याण्डकालागी जोर्डनले ३ विकेट लिएका थिए ।
१ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभरमा ८ रन जोड्न नसक्दा ५ रनको पराजय भोगेको हो । अन्तिम ओभरमा ८ रन बाकी हुँदा पहिलो बलमा जो रुट ३८ रन बनाउदै आउट भएका थिए भने चौथो बलमा बटलर पेभिलियन फर्किएका थिए । सुरुको २ ओभरमा १५ रन खर्चेका बुमराहले १८औं र २०औं ओभरमा ५ रन खर्चेर २ विकेट लिएका थिए । इंग्ल्यान्डका लागि जो रुट र बेन स्टोक्सले समान ३८ रन बनाएका थिए। भारतका आसिश नेहराले तिन विकेट लिए।
शृंखलाको अन्तिम खेल बुधबार हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]