2 years ago
March 9, 2024
सुमन अधिकारी, बुटवल
तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा सहभागी हुने टिमले लगाउने जर्सी(टिसर्ट) सार्वजनिक गरिएको छ ।
रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओवल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शुभारम्भका अवसरमा आयोजना गरिने लिजेन्ड कपका बारेमा जानकारी दिन शनिबार बुटवलमा पत्रकार सम्मेलन गरिएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व कार्यवहाक सचिव प्रशान्त विक्रम मल्ल, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, एक्स्ट्राटेक ओभल मैदानका निर्माता विनोद कुवर तथा जर्सी निर्माता कम्पनि निभियाका राजन महर्जनले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे ।
तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवास्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप आयोजित प्रतियोगितामा टि–१० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी ४ वटा टोलीले प्रतिष्पर्धा गर्नेछन् ।
नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल रुपन्देही लिजेन्ड्स टोली सहभागी हुने छन् ।
लिजेन्ड्स ९६ बाट एलवी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिषराज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, बसन्त शाही, किरण राणा, जगत टमटा, पुकार पन्त, विशाल गुप्ता लगायत सहभागी हुने छन् ।
यसैगरि पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नविन घिमिरे र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन रेस्ट अफ नेपालको नेतृत्व विनोद दासले गर्ने छन् । दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा पारस लुनिया, दीपेन्द्र चौधरी, राजु बस्नेत, धिरेन्द्र चन्द, कलाम अली, विकास दली, युनिल श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, जयप्रकास सर्राफ, अरुण थापा, अक्रम सिद्धिकी, सीता रानामगर खेलाडीहरु छन् ।
हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहितका अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु रहेका छन् ।
तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यति एयरलायन्सले सहयोग गरेको छ ।
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले ९ महिनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट निर्माण गरी प्रतियोगिता गर्न लागिएको जानकारी दिदै मैदान निमार्ण नेपाली क्रिकेटका लागि कोशेढुङ्गा सावित हुने विश्वास गरे ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय आधिकारिक कप्तान उत्तमकुमार कर्माचार्य विदेशमा रहेकाले उनी लिजेन्ड्स ९६ टोलीमा हुने छैनन् । तत्कालिन विकेटकिपर गणेश शाहीको निधन भइसकेको छ । १९९६ मा प्रथम नेपाली टोलीलाई प्रशिक्षण दिएका सुनोज भट्टराई लिजेन्ड्स ९६ को प्रशिक्षक तथा उनीसँगैं नेपाली टोलीलाई प्रशिक्षण दिएका अरुणकुमार अर्याल व्यवस्थापक रहेका छन् ।

पहिलो सेमिफाइनलमा लिजेन्ड्स ९६ र विश्वकप २०१४ को टोलीले र दोस्रो सेमिफाइनलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
जर्सी पार्टनर निभियाका नेपालका आधिकारिक विक्रेता महर्जनले क्रिकेटको हब रुपन्देहीबाट आफ्ना उत्पादनको सुरुआत गर्न पाउदा निकै हर्षित भएको जनाए ।
खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य सचिव भट्टराईले मापदण्ड बनाएर एक्स्ट्राटेक मैदान सञ्चालन गर्नु पर्ने सुझाव दिए ।
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले मैदान खेल्न योग्य भए पनि अन्य कामहरु सकिएपछि रुपन्देहीबाट थप खेलाडी उत्पादन हुन सहयोग पुग्ने जनाए ।
क्यानका पूर्व कार्यवहाक सचिव एवंम रुपन्देही जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष मल्लले सरकारको बजेट कुर्दा कुर्दा सिद्धार्थ क्रिकेट रंगशालाको स्थितिमा खासै सुधार नभएकाले अबको आशा एक्स्ट्राटेक भएको जनाए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]