2 years ago
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत समूह ए को खेलमा हंगकंग विजयी भएको छ । हंगकंगले कतार माथि २६ रनको जित निकाल्दै सुखद सुरुवात गरेको हो ।
हंगकंगले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।
कतारका लागि सक्लेन अरशदले ३४ बलमा सर्वाधिक ५० रन बनाए । यस्तै मुहम्मद तन्भिरले २१ बलमा ४६ रन जोडे । मोहम्मद अहनाफले २४ बलमा ३२ रन बनाए ।
हंगकंगका लागि एहसान खान एक्लैले ४ विकेट लिए भने धनन्जय राओ, यासिम मुर्तजा, एइजाज खान र नस्रुल्लाह रानाले समान १-१ विकेट लिए ।
त्यसअघि अल अमेरातमा टस जितेर ब्याटिङ गरेको हंगकंगले २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनायो ।
हंगकंगका लागि कप्तान निजाकत खानले ३७ बलमा सर्वाधिक ५९ रन बनाए भने बाबर हायतले ३९ बलमा ५५ रन जोडे । यस्तै एइजाज खानले ३७ रन जोडे ।
कतारका लागि मुसावर खानले २ तथा आमिर फरुक, इक्रामुल्लाह खान, गयन मुनाविरा र हिमांशु राथोडले १-१ विकेट लिए ।
सोही समूहमा रहेको नेपालले आज नै भएको खेलमा मलेसिया माथि ५ विकेटको जित निकाल्यो ।
नेपालको समूहमा मलेसिया, साउदी अरब, हंगकंग र कतार रहेका छन् । नेपालले भोलि दोस्रो खेलमा कतारको सामना गर्नेछ ।
समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । ओमान र युएईले आज नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरिसकेका छन् । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको हो ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]