2 years ago
April 15, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो ।
वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । बहराइनका लागि साथैया भिरापाथिरनले १५ बलमा सर्वाधिक २७ रन बनाए । यस्तै इमरान अनवरले २५ तथा अह्मर बिन नासिरले २४ रन जोडे । हैदर बटले १८ रनको योगदान गरे ।
कुवेतका लागि यासिन पटेलले ३ तथा शाहरुख कुद्दुस, अद्नान इद्रिस र निमिश लतिफले १-१ विकेट लिए ।
त्यसअघि अल अमेरातमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको विशाल योगफल खडा गर्यो ।
कुवेतका लागि मित भावसरले ३६ बलमा सर्वाधिक ५४ रन बनाएका थिए भने बिलाल ताहिरले २३ बलमा ४० रन बनाए । क्लिण्टो अण्टोले १९ रन बनाए भने अन्य ब्याटरको उल्लखनिय प्रदर्शन रहेन ।
बहराइनका लागि अलि दावुद र इमरान अनवरले समान २-२ तथा रिजवान बट, सरफराज अलि, साथैया भिरापाथिरनले १-१ विकेट लिए ।
जितसँगै कुवेत ३ खेलमा ४ अंकसहित समूह बी को दोस्रो स्थानमा छ । ४ अंक नै रहेको युएई तेस्रो छ भने ६ अंक सहित ओमान पहिलो स्थानमा छ । बहराइन र कम्बोडिया अंक विहिन छन् ।
यस समुहमा कुनै पनि टोलीको सेमिफाइनलमा स्थान पक्का भएको छैन । शिर्ष तीन मध्य ओमान र कुवेतले सँग खेल्न बाँकी रहेको छ भने युएईले कम्बोडिया विरुद्ध खेल्न बाँकी रहेको छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]