default_image

2 years ago

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

344 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका सुनिल भण्डारीले नटआउट रहँदै सर्वाधिक ६० रन बनाए । ४६ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

आकाश त्रिपाठी ४४ र कप्तान देव खनाल १८ रनमा आउट हुँदा कृष्ण कार्की ३ रनमा नटआउट रहे।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनायो ।गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३१ रन बनाए। १८ बल खेलेका उनले ५ चौका प्रहार ।

अमृत गुरुङ १३, ईश्वर क्षेत्री १२ र करण पंगेनी १२ रनमा आउट हुँदा कमल परियार १६ रनमा नटआउट रहे ।
लुम्बिनीका नर सार्कीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। निर्मल गुरुङले २ र अभिषेक गौतमले १ विकेट लिए।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.