default_image

2 years ago

April 17, 2024

मधेश प्रदेशको लगातार दोस्रो जित

350 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा मधेश प्रदेशले लगातार दोस्रो जित निकालेको छ । मयान यादव र अरनिको यादवले अर्धशतकीय पारी खेल्दा मधेशले बुधबार लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्यो ।

माथिल्लो मुलपानी क्रिकेटमा मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोज्यो । मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रनको योगफल तयार पार्यो । मधेशले २ रन मात्र जोड्दा ओपनर रोहन विकेलाई २ रनमा गुमायो।

यसपछि साहिल पटेल र मयान यादवले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे । २४ रन बनाएका साहिल कृष्ण कार्कीको बलमा कट एण्ड बोल्ड भए । लगतै कप्तान राहुल मण्डल ६ रनमा पबिलियन फर्कदा मयानले अरनिको यादवसँग चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे।

यो क्रममा दुवैले अर्धशतकको सफलता प्राप्त गरे। २२ बलको सामना गर्दै ४ चौका र ४ छक्का सहित अरनिकोले मधेशको लागि सर्वाधिक ६१ रन बनाए । मयानले ४२ बल खेल्दै ५ चौका र १ छक्का सहित ५० रनको योगदान दिए। विशाल सुस्लिङले १८ रन बटुले ।

बलिङमा निर्मल गुरूङले ४ ओभर बलिङ गर्दै ३२ रन दिएर सर्वाधिक ३ विकेट लिए। यसैगरी कृष्ण कार्की र अभिषेक गौतमले २/२ विकेट आफनो नाममा लेखाए । जवाफमा १ सय ७५ रनको विजय लक्ष्य पछ्याएको लुम्बीनी प्रदेश २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रनमा समेटिदा २७ रनको हार बेहोर्न बाध्य भयो ।

कुनैपनि समय लुम्बिनीले ठुलो साझेदारी बनाउन सकेन । उसको लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए। उनले ३२ बलको सामना गर्दै ४ चौका सहित ४३ रन जोड्दा अन्य खेलाडी क्रिजमा जम्न सकेनन् । कप्तान देव खनाल मात्र २३ रनमा आउट हुँदा कृष्ण कार्की १७ र मृनाल गुरूङ १० रनमा समेटिए । विराट भण्डारी अविजित १८ रनमा क्रिजमा रहे।

लुम्बिनीलाई १ सय ४७ रनमा समेटन मधेशका प्रदीप पासवानले २ विकेट लिंदा लुम्बीनीका तीन खेलाडी रन आउट भए। मधेशका अरनिको यादव प्लेयर अफ दी म्याच घोषित भए । यो मधेशको लगातार दोस्रो जित हो । मंगलबार मधेशले बागमतीलाई हराएको थियो। लगातारको दोस्रो जितमा मधेशले ४ अंक बनाएको छ । पहिलो खेलमा गण्डकीलाई हराएपनि आज पराजित लुम्बिनीसँग २ अंक छ । प्रतियोगिता सात प्रदेशको सहभागिता छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.