2 years ago
April 20, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । एक समय ९८-८ को अवस्थामा रहेको नेपाली इनिङलाई अन्त्य तिर दीपेन्द्रले उकासेका थिए ।
नेपालको सुरुवात पुनः राम्रो रहन सकेन । नेपालका ओपनर कुशल भुर्तेल आज लगातार दोस्रो खेलमा डक आउट भए । इनिङको दोस्रो बलमा उनी आयुष शुक्लाको द्वारा विकेटकिपर जिशन अलीको हातबाट क्याच आउट भए ।

तेस्रो नम्बरमा क्रिजमा आएका सोमपाल कामी ७ बलमा २ चौका सहित १२ रन बनाएर तेस्रो ओभरमा आयुषकै बलमा आदिर गोरावाराको हातबाट क्याच आउट भए । अर्का ओपनर आसिफ शेख पनि पाचौं ओभरमा ११ बलमा ५ रनमा आयुषकै शिकार बने ।
आठौँ ओभरमा कप्तान रोहित पौडेल पनि पेभेलियन फर्किए । रोहित आठौँ ओभरमा अतिक इकबालको बलमा आउट हुनुअघि १९ बलमा २ चौका सहित २१ रन जोडे ।
कुशल मल्ल पनि १३ रन मात्र बनाएर यासिम मुर्तजाको बलमा आउट हुन पुगे । त्यसपछिका दुई ब्याटर सन्दिप जोरा र गुलशन झा १४औ ओभरमा लगातार दुई बलमा क्रमश: २२ र ६ रन बनाएर रनआउट भए । करण केसी पनि ३ रन मात्र बनाएर एहसान खानको बलमा एलबिडब्लुमा फसे । दीपेन्द्र र ललित राजबंशी अविजित रहेका थिए । ललितले ३ बलमा २ रन बनाए ।

हङकङका लागि आयुष शुक्लाले ३ विकेट लिए भने अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १-१ विकेट लिए ।
नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतारेको छ ।
नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी
बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी
एशिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।
नेपालको उपाधि आकांक्षा सहित लगातार दोस्रो पटक एशिया कप खेल्ने ईच्छामा युएई हिजो बाधक बनेको थियो । प्रतियोगिताको विजेता मात्र एशिया कप खेल्ने प्रावधान रहेकोमा साविक विजेता नेपाल हिजो युएई विरुद्ध ६ विकेटले पराजित भएसँगै नेपालको उपाधि यात्रा अघि बढ्न सकेन ।
उता हङकङ भने घरेलु टोली ओमान विरुद्ध हिजो नै ५ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।
हङकङ र नेपाल यस अघि यसै प्रतियोगितामा समूह चरणमा भिडेका थिए । सो खेल नेपालले ८ विकेटले जितेको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]