5 months ago
April 21, 2024
दिपेन्द्र पोखरेल, अर्भिङ् (टेक्सस,अमेरिका)
अमेरिका भ्रमणमा रहेका नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टेक्सस राज्यको अर्भिङ् सहरमा नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गरेका छन् ।
नेपाली समाज टेक्सस, गैर आवासिय नेपाली संघ लगायतको संयुक्त प्रयासमा भएको कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले टेक्सस स्थित नेपाली क्रिकेट समर्थकहरुलाई सम्बोधन गर्दै आगामी जुनमा अमेरिकामा सुरु हुने टि ट्वान्टी विश्व कपमा नेपाली क्रिकेट टोलीलाई बृहत रुपमा समर्थन गर्न अपिल गरेका छन् ।
कार्यक्रममा नेपालको ग्रासरुट क्रिकेटको विकासका लागि गरिएको फण्ड रेजरमा करिब १५ लाख नेपाली रुपैयाँ संकलन भएको नेपाली समाज टेक्ससका खेल संयोजक निलेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा ब्याट र जर्सीको अक्सन पनि गरिएको थियो ।
नेपाली क्रिकेट टोलीका खेलाडीले हस्ताक्षर गरेको ब्याट ४ सय ५० अमेरिकी डलर मा विक्री भएको छ । कप्तान रोहित पौडेलको जर्सी ५ सय डलरको को बोली लागेको थियो ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टोली पूर्व खेलाडी पृथु बास्कोटा र राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारीको पनि उपस्थिति थियो । क्यानका सचिव खड्काले नेपाली टोली ‘मे’ ५ मा फ्लोरिडा पुग्ने जानकारी दिए । वेस्ट इन्डिजको स्थानीय टोली सँग ३ अभ्यास खेल खेलेर , टेक्सासको हस्टन मा टोलीको बन्द प्रशिक्षण हुने पनि उनले बताए ।
फण्ड रेजरकै क्रममा गरिएको अक्सनमा दीपेन्द्र सिंह ऐरीको जर्सी डालास निवासी क्रिस्टल कंडेलले १ हजार ५० डलरको बोली लगाएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) ले पछिल्लो महिना खोलेको विश्व कपको टिकटको प्री बुकिङमा उत्साहजनक सहभागिता रहेको बताइएको छ ।
नेपाली टोलीले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्याण्ड विरुद्ध डालसमा खेल्दा नेपाली समर्थनको उल्लेखनिय उपस्थिति हुने अपेक्षा गरिएको छ ।
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको हातबाट क्याच आउट गराएका हुन् । प्रजापती ५२ बलमा ३६ रन बनाउदै आउट भए । प्रजापतीले ओमानका अर्का ओपनर जतिन्दर सिंहसँग मिलेर ७५ रनको साझेदारी गरेका थिए । प्रजापती २०औं […]