9 years ago
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा जारी दोस्रो दृष्टिविहिन टि ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । सुनिल राना मगरको अल राउन्ड प्रदर्शन तथा सुनिल सुबेदीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले बिहीबार दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ ।

नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा यो पहिलो जित हो । नेपाल आफ्नो पहिलो खेलमा अष्टे«लियासँग १० विकेट तथा दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको थियो ।
नेपालको यो दक्षिण अफ्रिकाविरुद्ध पनि पहिलो जित हो । सन् २०१२ मा भएको पहिलो टि ट्वान्टी विश्व कपमा नेपाल दक्षिण अफ्रिकासँग पराजित भएको थियो । टि ट्वान्टी विश्व कपमा भने नेपालको यो दोस्रो जित हो । २०१२ विश्व कपको पहिलो खेलमा बंगलादेशलाई नौं विकेटले पराजित गर्न बाहेक नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पार्न सकेको थिएन । नेपालले त्यस यता विश्व कपमा ११ खेल तथा समग्रमा १५ खेल खेलेको छ । विश्व कप बाहेक नेपालले चार खेल एसिया कपमा खेलेको थियो ।
साकेट स्थित दिल्ली बिकास प्राधिकरण (डिडिए) को खेल मैदानमा टस जिती पहिले फिल्डिङ गरेको नेपालले दक्षिण अफ्रिकालाई निर्धारीत २० ओभरमा पाँच विकेट लिदै एक सय ४६ रनको योगफलमा रोकेको थियो । प्रत्युत्तरमा नेपालले १७.३ ओभरमा चार विकेट गुमाउदै जित पक्का गरेको हो ।
नेपालको जितमा सुनिल राना मगरले ३५ बलमा ३८ रन जोडे भने बलिङतर्फ दुई विकेट लिए । उनी म्यान अफ दी म्याच समेत चुनिए । यस्तै सुनील सुबेदी क्षेत्रीले ३३ बलमा ४६ रनको महत्वपुर्ण योगदान दिए । उनले चौका प्रहार गर्दै नेपालको जित पक्का गरेका थिए । सुनिल राना बी टु (पाँच मिटर सम्म देख्न सक्ने) तथा सुनिल सुबेदी बी वान (पुरै आँखा नदेख्ने) क्याटेगोरीका खेलाडी हुन् ।
नेपालका लागि उनिहरु बाहेक सुरुवाती ब्याट्म्यान रमेश बहादुर बानिँयाले २८ बलमा २४ रनको योगदान दिए । रमेश र सुनिल राना दुबैले एकएक चौका प्रहार गरेका थिए । नेपालले २७ अतिरीक्त रन उपहार पाएको थियो ।
सुनिलले चार ओभरमा २६ रन दिएर दुई विकेट लिएका थिए । नेपालका लागि अर्काे एक विकेट कप्तान किर्तनले लिए । नेपालले अन्य दुई विकेट रन आउटमा लिएको थियो । दक्षिण अफ्रिकाका लागि भने सोनवाबाईल बिडलाले ५७ रनको योगदान दिए । बलिङतर्फ दक्षिण अफ्रिकाका बुहले, सोनवाबाईल, डक्टर विलियम र टेफो लेस्लेले एकएक विकेट लिए ।
नेपालले दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ लाईन अपमा परिवर्तन गरेको थियो । अघिल्लो दुई खेलमा लगातार पराजित भएपछि नेपालले दक्षिण अफ्रिकाविरुद्ध सुनिल राना मगर र रमेश बहादुर बानिँयालाई सुरुवातमा ब्याटिङ गर्न पठाएको थियो ।
नेपालले आफ्नो चौथो खेलमा शुक्रबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]