2 years ago
May 25, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेसँगै कोलकत्ताको प्रतिद्वन्दी टुंगो लागेको हो ।
चेन्नाईमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । हैदराबादका लागि हेनरिक क्लासनले ३४ बलमा ४ छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाएका थिए । राहुल त्रिपाठीले १५ बलमा ५ चौका र २ छक्का सहित ३७ रनको विष्फोटक इनिङ खेले भने ट्राभिस हेडले २८ बलमा ३४ रन बनाए । शाहबाज अहमदले १८ तथा अभिषेक शर्माले १२ रन जोडे ।
राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३-३ विकेट लिए भने सन्दिप शर्माले २ विकेट लिए ।
जवाफमा राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रन बनाए । ओपनर यशस्वी जैसवालले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।
हैदराबादका लागि शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए । प्याट कमिन्स र नटराजनले १-१ विकेट लिए ।
कोलकत्ता पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । हैदराबादले पाएको दोस्रो मौकामा फाइनल प्रवेश गरेको हो । राजस्थानले भने क्वालिफायर २ मा पुग्न इलिमिनेटरन बेंगलूरु माथि जित दर्ता गर्नु परेको थियो ।
फाइनल चेन्नाईमा आउँदो आईतवार हुँदैछ । कोलकत्ता दुई पटकको विजेता हो भने हैदरावादले आईपिएलको उपाधि एकपटक जितेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]