default_image

4 months ago

June 4, 2024

टि२० विश्वकप : नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

1592 views

0 Bookmark

डालास (हाम्रो खेलकुद)– नेपालले नेदरल्यान्ड्सँग खेल्दै २०२४ आइसीसी टि२० विश्वकपको यात्रा सुरु गर्दैछ । नेपाली क्रिकेट टोलीले अघिल्लो चरणको आशा कायम राख्नका लागि आजको खेल जित्नु पर्ने हुन्छ । खेल नेपाल समय अनुसार मंगलबार राति ९:१५ बजे (स्थानिय समय अनुसार विहान १०:३० बजे) सुरु हुनेछ ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन् । दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन् । प्रिमियर कप अघि देखि नै लगातार टि२० क्रिकेट खेल्दै आएको गत महिनाा नै अमेरिका आइसकेको थियो । यो बीचमा टोली वेस्ट इन्डिज पुगेर ३ अभ्यास खेलेर फर्केको थियो ।

अमेरिका फर्केपछि ह्युस्टनमा स्थानिय टोली ह्युस्टन हरिकेन्स सँग २ खेल खेलेर नेपाली टोली विश्वकप हुने स्थल डालास पुगेको थियो । विश्वकपको वार्म अप खेलमा भने नेपाल क्यानाडासँग पराजित भएको थियो । नेदरल्यान्ड्सले भने श्रीलंकालाई हराएको थियो । वर्षाका कारण नेपाल र नेदरल्यान्ड्स दुवैले दोस्रो अभ्यास खेल भने खेल्न पाएनन् ।

टि२०आईमा नेपालका लागि नेदरल्यान्ड्स परिचित टोली हो । यी दुई टोलीले सन् २०१५ यता ३ महिना अघि सम्म १२ खेल खेलिसकेका छन् । त्यसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ । एउटा खेल भने नतिजा खेल निस्केन । नेपालले ५ मध्ये ३ खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा जितेको थियो ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुरकै मैदानको झल्को हुने आशा गरेको बताएका छन् । डालासस्थित झन्डै १० हजार दर्शक क्षमता भएको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा ८० प्रतिशत भन्दा बढ्री नेपाली दर्शकको उपस्थिति हुन अपेक्षा गरिएको छ । केहि खेल यता विश्व कप महोलको महसुस भइसकेको जनाउँदै रोहितले सफलता सुरुवातका लागि प्रयास गर्ने बताएका छन् ।

नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुक नेपालसँग पहिला पनि खेलेपनि विश्व कपको पहिलो खेल महत्त्वपूर्ण हुने बताए ।
नेपाल र नेदरल्यान्ड्स रहेको समूह डीमा आज दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । समूहमा अर्को टोली बंगलादेश रहेको छ । सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष २ टोली सुपर ८ मा पुग्नेछन् ।

नेपाल र नेदरल्यान्ड्बीच हेट टु हेड

नेदरल्यान्ड्स ४ विकेटले विजयी, ५ मार्च २०२४, कीर्तिपुर
नेपाल ६ विकेटले विजयी, २ मार्च २०२४, कीर्तिपुर
नेदरल्यान्ड्स २ रनले विजयी, २८ फेब्रुअरी २०२४, कीर्तिपुर
नेपाल १ सय ४२ रनले विजयी, २१ अप्रिल २०२१, कीर्तिपुर
नेदरल्यान्ड्स ३ विकेटले विजयी, २० अप्रिल २०२१, कीर्तिपुर
नेपाल ९ विकेटले विजयी, १७ अप्रिल २०२१, कीर्तिपुर
नेपाल ४ विकेटले विजयी, ७ अक्टुबर २०१९, अल अमेरत
नो रिजल्ट, २९ जुन २०१८, लर्ड्स
नेपाल ३ विकेटले विजयी , ३ जुलाई २०१५, रोट्रोडाम
नेदरल्यान्ड्स १८ रनले विजयी, २ जुलाई २०१५, रोट्रोडाम
नेदरल्यान्ड्स १ सय ३ रनले विजयी, १ जुलाई २०१५, अम्स्टेलभिन
नेदरल्यान्ड्स १८ रनले विजयी, ३० जुन २०१५, अम्स्टेलभिन

October 10, 2024

भारतको लगातार दोस्रो जित, श्रीलंका बाहिरियो

एजेन्सी – युएईमा जारी टि ट्वान्टी महिला विश्वकपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बुधवार राति भएको खेलमा श्रीलंकालाई ८२ रनको हराएको हो । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा अल आउट हुँदै ९० रनमा समेटियो । श्रीलंकाका लागि कबिशा दिलहारिले २१ तथा अनुष्का सन्जिबनीले २० रन बनाइन् । […]

October 9, 2024

भारतलाई एक खेल अगावै सिरिज

एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]

October 9, 2024

विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो स्कटल्यान्ड

एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि काथरेनी […]

Success

Thank you for your time.