default_image

2 years ago

June 4, 2024

आउटफिल्ड भिजेका कारण नेपाल र नेदरल्याण्ड्स बीच टसमा ढिलाइ

2890 views

0 Bookmark

डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा टसमा ढिलाइ भएको छ । वर्षाका कारण मैदान भिजेका कारण टसमा ढिलाइ भएको हो ।

हाल मैदानमा वर्षा नभएपनि मैदानमा पानी रहेका कारण टसमा ३० मिनेट ढिलाइ हुने भएको हो । अब नेपाली समय अनुसार ९:१५ मा टस हुनेछ भने ९:४५ बजे खेल सुरु हुने ताजा अपडेट रहेको छ ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन् । दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन् । प्रिमियर कप अघि देखि नै लगातार टि२० क्रिकेट खेल्दै आएको गत महिनाा नै अमेरिका आइसकेको थियो । यो बीचमा टोली वेस्ट इन्डिज पुगेर ३ अभ्यास खेलेर फर्केको थियो ।

अमेरिका फर्केपछि ह्युस्टनमा स्थानिय टोली ह्युस्टन हरिकेन्स सँग २ खेल खेलेर नेपाली टोली विश्वकप हुने स्थल डालास पुगेको थियो । विश्वकपको वार्म अप खेलमा भने नेपाल क्यानाडासँग पराजित भएको थियो । नेदरल्यान्ड्सले भने श्रीलंकालाई हराएको थियो । वर्षाका कारण नेपाल र नेदरल्यान्ड्स दुवैले दोस्रो अभ्यास खेल भने खेल्न पाएनन् ।

टि२०आईमा नेपालका लागि नेदरल्यान्ड्स परिचित टोली हो । यी दुई टोलीले सन् २०१५ यता ३ महिना अघि सम्म १२ खेल खेलिसकेका छन् । त्यसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ । एउटा खेल भने नतिजा खेल निस्केन । नेपालले ५ मध्ये ३ खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा जितेको थियो ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुरकै मैदानको झल्को हुने आशा गरेको बताएका छन् । डालासस्थित झन्डै १० हजार दर्शक क्षमता भएको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा ८० प्रतिशत भन्दा बढ्री नेपाली दर्शकको उपस्थिति हुन अपेक्षा गरिएको छ । केहि खेल यता विश्व कप महोलको महसुस भइसकेको जनाउँदै रोहितले सफलता सुरुवातका लागि प्रयास गर्ने बताएका छन् ।

नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुक नेपालसँग पहिला पनि खेलेपनि विश्व कपको पहिलो खेल महत्त्वपूर्ण हुने बताए ।नेपाल र नेदरल्यान्ड्स रहेको समूह डीमा आज दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । समूहमा अर्को टोली बंगलादेश रहेको छ । सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष २ टोली सुपर ८ मा पुग्नेछन् ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.