2 years ago
June 4, 2024
डालास (हाम्रो खेलकुद) – नेपालका ओपनिङ्ग ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेल सस्तैमा पेभेलियन फर्किएका छन् । नेदरल्यान्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको हो ।
आसिफ दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा सट थर्ड म्यानमा भिभियन किन्ग्माद्वारा क्याच आउट भए । उनले ८ बलमा ४ रन बनाए । तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल लोगन भ्यान बिकको शिकार बने । उनलाई भ्यान बिकले एलबिडब्लु शिकार बने ।
नेपालले आज नियमित ब्याटर सन्दिप जोरालाई टोलीबाट बाहिर राखेको छ । सन्दिप जोरा नखेल्दा विकेटकिपर अनिल साह टोलीमा अटाएका छन् । यस्तै कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । नेपालले सागर ढकाललाई मुख्य स्पिनरको रूपमा खेलाउने निर्णय गरेको छ ।
नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । खेल नेपाली समय अनुसार ९:१५ बजे सुरु हुनुपर्नेमा वर्षा कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी
बेन्च: सन्दिप जोरा, कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]