default_image

9 years ago

February 4, 2017

नेपाल वेस्ट इन्डिजसँग पराजित

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाले भारतमा जारी दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा अर्को हार बेहोरेको छ । नेपाल शनिबार भारतको मुम्बईमा वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो चौथो हार हो ।

wc-nepal-vs-wi

नेपाल अष्टे«लियासँग १० विकेट, बंगलादेशसँग ५९ रन र पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । नेपालले यसअघिका तीनै खेल दिल्लीमा खेलेको थियो ।
मुम्बईको बान्द्रा स्थित एमआईजी मैदानमा टस जितेको नेपाले पहिले फिल्डिङको निर्णय लिएको थियो । वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । २ सय ९ रन विजय लक्ष्य पछ्याउन नेपाली टोलीले ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । नेपालका लागि सुनिल थापा मगरले अर्धशतक पुरा गरे ।

‘बी थ्रि क्याटेगोरी’ का सुनिलले ५१ बलमा १० चौकासहित अविजित ७० रनको योगदान गरे । जुन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले बनाएको तेस्रो सर्बाधिक ब्यक्तिगत स्कोर हो भने नेपालको पाँचौ अर्धसतक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सुनिलको यो पहिलो अर्धसतक हो । लोकबहादुर थापाले पनि २९ बलमा ३ चौकासहित अविजित ३६ रन जाडे । ओपनर ब्याट्सम्यान सुनिल राना मगरले २६ बलमा २५ रन, पदमबहादुर बडैला ११ रन र सुनिल सुबेदी क्षेत्री ३ रन बनाए ।

वेस्ट इन्डिजका लागि भने सुरुवाती ब्याट्सम्यान केभिन एन्ड्रयु डगलासले ५९ बलमा १० चौका साथ ९६ रनको प्रहार गरे । लेरोय फिलिप्सले १३ बलमा २३ रन तथा कनिल ग्राहमले २२ बलमा २७ रन प्रहार गरे ।

नेपाली टोलीका प्रशिक्षक रीजन प्रजुले कमजोर फिल्डिङका कारण जित्नु पर्ने खेल गुमाउनु परेको बताए । ‘वेस्टइन्डिजविरुद्ध खेलाडीले फिल्डिङमा निक्कै खराव प्रदर्शन गरे । फिल्डिङमा हामीले ३० रन जति बढि दियौं । त्यसैले जित्नु पर्ने खेलमा पराजित हुनपुग्यौं’, प्रशिक्षक प्रजुले भने, ‘यद्यपि यो खेलमा बलिङ र ब्याटिङ उत्कृष्ट देखिएको छ ।’

नेपालका लागि सुनिल थापा मगर, रमेश बहादुर बानिँया, बिक्रम बहादुर राना र पदम बहादुर बडैलाले समान १ विकेट लिए । प्रतियोगिताअन्तर्गत नेपालले आइतबार पुनेमा श्रीलंकासँग खेल्नेछ ।

wc-nepal

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.